१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। कालिका नगरपालिका– ६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन्। त्यसैगरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन्। तीमध्ये एक सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो।

शिविरमा १० लाखबराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ। शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नशा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटुरोग र छाला तथा यौनरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो।

नेपाली कांग्रेस चितवनले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिए। –रासस

प्रकाशित: ११ चैत्र २०८० ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App