६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

किन गरे १२ एमाले नेताले पार्टी परित्याग ?

सिरहामा नेकपा (एमाले) का  १२ नेताले  पार्टी परित्याग गरेका छन्। उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै  राजनीतिक रुपमा पार्टी परित्याग गरेका हुन्।  

एमाले पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य भीमबहादुर थापा, पूर्व जिल्ला कमिटी सदस्य धनराज याद, जिल्ला कमिटी सदस्य तुलसीप्रसाद उपाध्याय, जिल्ला कमिटी सदस्य  प्रमोदकुमार लामा, पूर्व जिल्ला कमिटी सदस्य तेजकुमार लामा, पूर्व वडा कमिटी अध्यक्ष राजकरण साह,नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा, नगर सदस्य ताराबहादुर तामाङ सहित किरणकुमार स्याङ्वा र राजकुमार महतो रहेका छन्। 

उनीहरुले  पार्टी संगठन भित्र रहेर सुधारको प्रयास गरेको भएपनि  पटकपटक  उठाए‌का विषयलाई नेतृत्वले गम्भिरता पूर्वक  नलिदाँ पार्टीमा लाग्न नसकेर राजीनामा दिएको उल्लेख गरेका छन्। 

प्रकाशित: २१ माघ २०८२ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App