आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १७१ रनको लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ७९ रन जोडेको छ।
नेपालले खेलको आधा चरण पार गर्दा ७.७७ को औसत रनरेटमा ब्याटिङ गरिरहेको छ।
नेपाललाई सानदार सुरुवात दिलाएका ब्याटर कुशल भुर्तेल १०औँ ओभरको पहिलो बलमा आउट भएका छन्। उनले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४३ रनको महत्त्वपूर्ण योगदान दिए।
प्रकाशित: ५ फाल्गुन २०८२ २१:५६ मंगलबार




