१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

७४ रनको साझेदारी तोडियो, अर्धशतक बनाउन चुके भुर्तेल

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

१७१ रनको लक्ष्य पछ्याइरहेको नेपालका ब्याटर कुशल भुर्तेल ४३ रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन्।

१०औँ ओभरको पहिलो बलमा भुर्तेललाई स्कटल्याण्डका माइकल लस्कले टम ब्रुसको हातबाट क्याच आउट गराए।

भुर्तेलले ३५ बलको सामना गर्दै १ चौका र ४ उत्कृष्ट छक्का प्रहार गरेर नेपाललाई सानदार सुरुवात दिलाएका थिए।

प्रकाशित: ५ फाल्गुन २०८२ २१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App