१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई मतदाताले भने : हामी भोट दिन्छौँ, तपाईं हामीलाई विकास दिनुस्

झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफूहरूको हात सूर्यबाहेक अन्त जाँदै नजाने बताएका छन्। बुधबार गौरीगञ्ज-५ को श्यामाटोली पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरूले आफूहरूले विगतदेखि नै नेकपा एमालेलाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाए।

स्थानीय होवोदेवी राजवंशीले भनिन्, ‘हामी त जुगदेखि एमाले हो। सूर्यबाहेक अन्त भोट हालेकै छैन। यस पटक पनि सूर्यमै हाल्ने हो।’ उनले यस क्षेत्रमा बाटो विस्तार गरी बिजुलीको सेवा सहज बनाइदिन ओलीसमक्ष आग्रह गरिन्।

यस्तै सोही ठाउँका किरण गनगाईले बाटो, बिजुली केही नभएको ठाउँमा ओलीले नै विकास गरेको भन्दै बाँकी विकासको जिम्मा लगाउन पनि सूर्यमा नै भोट हाल्ने बताए। ‘अरू कसले गर्छ र जिताउनु?’ उनले भने, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने।’

रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जितपछि यि काम पूरा हुने विश्वास व्यक्त गरे। सीमावर्ती गौरीगञ्जको सो गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिवासी समुदायका स्थानीयले हर्षोल्लास पूर्वक स्वागत गरेका थिए। काखे नानी च्यापेर आएका महिलाहरूले समेत ओलीसँग मातृभाषामा साक्षात्कार गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०८२ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App