५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो झट्का: आसिफ ३३ रनमा आउट

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा नेपालले दोस्रो महत्त्वपूर्ण विकेट गुमाएको छ।

१७१ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर आसिफ शेख ३३ रन बनाएर पभिलियन फर्किएका हुन्।

१२औँ ओभरको पाँचौँ बलमा आसिफलाई स्कटल्याण्डका माइकल लस्कले ब्राड ह्विलको हातबाट क्याच आउट गराए।

आसिफले २७ बलको सामना गर्दै २ छक्का प्रहार गरेका थिए। यसअघि अर्का ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भइसकेका छन्।

दुवै प्रारम्भिक ब्याटरलाई स्कटिश बलर माइकल लस्कले नै आउट गरेका हुन्।

आसिफ आउट भएपछि नेपालको रन बनाउने गति केही सुस्त भएको छ। १२ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८७ रन जोडेको छ।

हाल नेपाल ७.२५ को रनरेटमा खेलिरहेको छ।

प्रकाशित: ५ फाल्गुन २०८२ २२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App