आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा नेपालले आफ्नो तेस्रो र महत्त्वपूर्ण विकेट गुमाएको छ।
१७१ रनको लक्ष्य पछ्याइरहेको नेपालका कप्तान रोहित पौडेल १६ रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन्।
१४ औं ओभरको दोस्रो बलमा कप्तान रोहितलाई स्कटल्याण्डका माइकल लस्कले माइकल जोन्सको हातबाट क्याच आउट गराए।
रोहितले १४ बलको सामना गर्दै १ चौका प्रहार गरेका थिए। उनी आउट हुँदा नेपालको स्कोर ९८ रन रहेको थियो।
स्कटल्याण्डका बलर माइकल लस्क आजको खेलमा नेपालका लागि सबैभन्दा घातक साबित भएका छन्। उनले नै नेपालको शीर्ष तीन ब्याटर कुशल भुर्तेल, आसिफ शेख र रोहित पौडेललाई पभिलियन फर्काएका हुन्।
उनले हालसम्म २.२ ओभरमा मात्र ७ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिइसकेका छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ २२:०६ मंगलबार




