१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महामन्त्री थापा १५ गतेबाट फेरी संवाद यात्रामा निस्किने

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यही चैत १५ गतेबाट ‘संवाद यात्रा’मा निस्किने भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका निधन भएपछि उनको यो यात्रा गत माघ २३ गते स्थगित भएको थियो।

माघ १३ गते झापाबाट सुरु भएको संवाद यात्रा बुढाथोकीको निधन पछि स्थगित भएको हो। बुढाथोकीको निधनपछि महामन्त्री थापाको यात्रा नवलपरासीको गोपीगञ्जबाट स्थगित भएको थियो।

महामन्त्री थापाले स्थगित भएकै ठाउँबाट आफ्नो यात्रालाई निरन्तरता दिँदै छन्। अहिले उनले नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लाहरूमा संवाद यात्रा तय गरेका छन्। उनी १५ गतेदेखि १७ गतेसम्म यो यात्रा हुने छन्। १८ गते प्रतिनिधिसभा बैठकमा सहभागी हुन काठमाडौँ फर्किने कार्यक्रम छ।

महामन्त्री थापाको पूर्व निर्धारित कार्यक्रमअनुसार संवाद यात्रा हुलाकी राजमार्गले छोएका तराईका जिल्लाहरूमा हुने थियो। माघ २६ गतेसम्मका लागि दिन तोकिएको थियो।

कांग्रेसले यसअघि माघ १६ गतेदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान पनि बनाएको थियो। यस अभियानलाई सफल पार्न पार्टीका सातै प्रदेशका लागि नेताहरुलाई जिम्मेवारीसहित खटाइएको थियो। बुढाथोकीको निधनपछि यो अभियान पनि रोकिएको छ। यसबारे कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन। 

प्रकाशित: १३ चैत्र २०८० १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App