१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसले छोडेन गृहमन्त्री लामिछानेको राजीनामाको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ।

बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने आफूहरूको माग यथावत् रहेको बताइन्।

उनले आगामी संसद् बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद् अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताइन्। सांसद न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन्।

उनले भनिन, ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले सांसदभित्र र जवाफ दिनु अगाडी संसद् बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो। पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन? राज्यको कानुनप्रतिको खेलबाड होइन यो? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्री ज्यु  प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन। केही हिनामिना छैन। अनि उही केसमा एक जना दीपेश पुन पक्राउ पर्ने, अरू पक्राउ पर्ने ऊ नपर्ने? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने? अझ गैर जिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस्। हामी सत्ता हाँकिरहन्छौँ। कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद् बन्दा खेरी सरकार चल्छ ? त्यो कदापि पनि हुन सक्दैन।’

न्यौपानेले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताइन्। उनले प्रतिपक्षलाई संसद् अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरेमा सरकार नचल्ने बताइन्। 

प्रकाशित: ७ चैत्र २०८० १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App