३० वैशाख २०८१ आइतबार
image/svg+xml

सिरहाका १३ पालिका दमकलविहीन

यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन्। नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ।

मिल्स गोल्डकप: गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

टिपरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

धनुषामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिक्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेका छन्।

स्वयम्भुले दुई गोलको अग्रता जोगाउन सकेन

दुई गोलको अग्रता जोगाउन नसक्दा स्वयम्भु क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबसँग सोमबार बराबरीमा रोकिएको छ।

श्रीमती हत्या आरोपमा श्रीमानसहित चार पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६ गोलबजारस्थित होटलमा भएको महिला हत्याको अनुसन्धानको क्रमममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।

प्रेमका लागि सुखसयल त्यागेका अशोकको फूलबारीजस्तो ‘परिवार’

पाँच दशकअघि मधेसमा ‘प्रेम’ शब्दको उच्चारणसमेत ‘अपराध’ मानिन्थ्यो। त्यतिबेला अशोकले प्रेम गरे। प्रेम प्रस्ताव गर्ने आँट जुटाए। र, आफ्नो प्रेमलाई सफल बनाए।

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।

शनिवारबाट मधेसका आठै जिल्लामा शीतलहर, जोखिममा विपन्नको जीवन

जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो प्रत्येक वर्ष चिसो छल्छिन्।

पानी तान्ने मोटर मर्मत गर्न इनारभित्र पसेका बुबाछोराको मृत्यु

पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला विजयलाई करेन्ट लागेपछि बचाउन पुगेका छोरा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। बुबाछोराको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

मधेस प्रदेशमा अवैध क्रसरको रजगजः झुटो विवरण बनाएर अनुमति दिनेलाई कारवाही भएन

स्थानीय तहमा जनप्रतिनिधि आएपछि क्रसर उद्योग सबैभन्दा बढ्ता फस्टाएको पालिका कर्जन्हा र धनगढीमाई हुन्। जनप्रतिनिधि आएपछि जिल्लामा १० वटा क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र दर्ता भएका छन्। जसमध्ये ६ वटा धनगढीमाई नगरपालिकामा दर्ता भई सञ्चालनमा छन्।

उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो।

थरथर काँप्दै बाँच्न बाध्य मधेसका विपन्न

मुसहरी टोलकी ७० वर्षीया मलभोगीया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र परालै बालेर जीवनयापन गर्नु पर्ने सदाबहार बाध्यता छ।

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्