१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिपरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

धनुषामा टिपरर मोटरसाइकल एक आपसमा ठोकिक्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीवार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका-३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिहीवार साँझ करिब ७ बजे मृत्यु भएको डिएसपी अवाले बताए।

टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रकाशित: ३० चैत्र २०८० १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App