‘एनआरएनले नेपालको अर्थतन्त्र सुधार गर्नुपर्छ’
कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा व्यक्तिविशेष र दलभन्दा नेपालको विकास र अर्थतन्त्रलाई सुधार गर्न सक्ने नेतृत्वलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । राजधानीमा आदिवासी जनजाति एनआरएनसँगको छलफलमा उनले वर्ग क्षेत्रभन्दा पनि समग्र एनआरएनलाई नेतृत्व गर्न सक्ने लिडर चुन्नुपर्ने धारणा राखेका हुन्।