८ वैशाख २०८१ शनिबार
डा सञ्जय आचार्य


डा सञ्जय आचार्यका लेखहरु :

नयाँ मौद्रिक नीतिको लेखाजोखा

सामान्यतया मौद्रिक नीतिले मुलुकको उत्पादन, रोजगारी, मूल्य स्थिरता र शोधनान्तर स्थिति सम्बोधन गर्ने गर्छ। त्यसैले यस्तो नीति आर्थिक व्यवस्थापनको महत्वपूर्ण औजार पनि मानिन्छ।

संघीयतामा विकास सहयोग

प्रत्येक प्रादेशिक सरकारले साना तथा मझौला उद्योग संघ स्थापना गरेर तिनीहरूको समन्वय गर्नु वाञ्छनीय देखिन्छ।

कालो बादलमा चाँदीको घेरा

चुनावमा हुने खर्चले आर्थिक गतिविधिलाई केही हदसम्म चलायमान बनाउनेछ। साथै निर्वाचनपछि बढी जवाफदेही स्थानीय सरकार स्थापित हुने भएकाले सार्वजनिक क्षेत्रको खर्चमा पनि बढी पारदर्शिता आउनेछ।

हरित अर्थतन्त्रको युग

कम उत्पादकत्व, कम मुनाफा, धितोको अभाव, बीमाको अभाव, अस्थिर मूल्य र अनपेक्षित मौसम असरले गर्दा कृषिमा हुने लगानीलाई दीर्घकालीन रूपले नाफामुखी बनाउनु चुनौतीपूर्ण छ।

ट्रम्प, ब्रेक्जिट र मोदी

हिन्दु राष्ट्रवादभित्रबाट जन्मिएको मोदीको राजनीतिक यात्रा छिमेकी मुलुकहरूलाई पनि सकेसम्म यही बाटोमा तान्ने दिशामा उन्मुख छ जसले भारतकेन्›ित एकात्मक हिन्दु समाजलाई बढावा दिन्छ।

ब्रेग्जिटले ल्याएको तरंग

गत जुन २३ मा युरोपियन युनियनमा रहने वा छुट्टिने भनी बेलायतमा लिइएको जनमतमा बहुसंख्यक जनताले छुट्टिने पक्षमा मतदान गरेपछि यसले एक विश्वव्यापी तरंग पैदा गरेको छ। गत वर्षमात्र स्कटल्यान्डलाई संयुक्त अधिराज्यबाट छुट्टिनबाट रोकेको बेलायतले यस पटक भने ४३ वर्षदेखि युरोपिय समुदायभित्र रहेको मुलुकलाई त्यहाँबाट छुट्टिन भने रोक्न सकेन।

नयाँ सिल्करोडमा नेपाल

चिनियाँ राष्ट्रपति सि जिन पिङले उदीयमान चिनियाँ अर्थतन्त्रलाई थप गति दिन र छिमेकी दक्षिण एसियाली मुलुकहरूलाई चिनियाँ अर्थतन्त्रसँग प्रभावकारी रूपले जोड्न ‘एक पेटी एक सडक सञ्जाल’को नीति अवलम्बन गरेका छन् । जस अनुसार चिनियाँ बजारलाई दक्षिण एसियादेखि युरेसिया क्षेत्रसम्म सबल रूपले विकास गर्ने उनको लक्ष्य छ ।

नाकाबन्दीको चपेटामा अर्थतन्त्र

सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गराएपछि नेपाल–भारतसम्बन्धमा केही चिसोपन विकसित हुन पुग्यो । यस घटनाले छिमेकका साना भूपरिवेष्टित मुलुकहरूप्रति भारतीय दृष्टिकोणमात्रै उजागर गरेन नेपाल, भुटान, बंगलादेशजस्ता लामो सीमासम्बन्ध भएका मुलुकले भारतसँग हुने सबै स

सार्क बैंकको आधार

केही समयदेखि दक्षिण एसियामा क्षेत्रीय विकास बैंक स्थापनाको चर्चा चलिरहेको छ। सामान्यतया यस्ता विकास बैंकहरू निश्चित उद्देश्य प्राप्तिका लागि स्थापना भएका हुन्छन्। युरोपियन पुनर्निर्माण र विकास बैंक, अफ्रिकन विकास बैंक, युरेसिया विकास बैंक आदि सीमित उद्देश

ग्रिस संकट नयाँ चरणमा

सन् २००९ मा प्रकटरूपमा देखा परेको ग्रिस संकट हाल नयाँ र गम्भीर मोडमा प्रवेश गरेको छ। यसैबीचमा ग्रिसमा बढ्दो वित्तीय संकटबीच दक्षिणपन्थी सरकारहरू अप्रिय हुँदै गएपछि हाल वामपन्थी सरकार गठन भएको छ। विगत पाँच वर्षभित्र दुईवटा ऋण मोचन कार्यक्रम लागु गरिए पनि स

भूकम्पको आर्थिक आयाम

भूकम्पको समग्र भौतिक प्रभाव भौगोलिक र भौगर्भिक गरी दुई प्रकारबाट पर्ने गर्छ। भौगोलिक असरले लगानी भइसकेको पुँजीलाई नकारात्मक असर पारी साधनहरूको उत्पादकत्वमा ह्रास ल्याउने गर्छ भने भौगर्भिक असर चाहिँ सकारात्मक र नकारात्मक दुवै प्रकृतिका हुन सक्छन्। तिनले सा

गरिब मुलुकमा विपद् व्यवस्थापन

लामो अर्थराजनीतिक सङ्क्रमणमा रहेको नेपालमा यही वैशाख १२ गतेको महाभूकम्पले विकास प्रयासहरूलाई नराम्रोसँग पछाडि धकेलेको छ। मुलुकको ७५ मध्ये ५९ जिल्ला भूकम्पबाट धेरै प्रभावित रहे भने तीमध्ये ११ जिल्लामा यसको असर अत्यन्त तीव्र रह्यो। प्रारम्भिक अनुमानअनुसार प

सबल नेतृत्व र सिंगापुरको विकास

गत साता सिंगापुरका पूर्व प्रधानमन्त्री ली क्वान यूको निधनले एक पटक धेरैलाई सिंगापुर विकासको पृष्ठभूमि सम्झायो। पचास वर्ष पहिले प्रतिव्यक्ति राष्ट्रिय आय केवल ३५० अमेरिकी डलर रहेको यस मुलुकको हालको प्रतिव्यक्ति आय ६० हजार अमेरिकी डलरको हाराहारी पुगेको छ।क्

संघीयतामा आन्तरिक स्रोत परिचालन

सन् २००० को दशक सुरु भएपछि अन्तर्राष्ट्रिय सहयोगमा अनुदानको भाग कम हुँदै गयो। त्यसपछि धेरै विकासोन्मुख मुलुकमा आन्तरिक स्रोतको परिचालनमा नयाँ सम्भावना खोजिँदै गएका छन्। नेपालमा पनि एसियाली विकास बैंक, जर्मन सहयोग नियोगजस्ता संस्था यहाँको आन्तरिक स्रोत परि

अबको विकास सहयोग

सन् २००० मा प्रमुख द्विपक्षीय र बहुपक्षीय दातृ समुदायको संयुक्त प्रयास र अवधारणामा आधारित रहेर विकासशील राष्ट्रहरूले २०१५ सम्ममा प्राप्त गर्न सक्ने सहश्राब्दी विकास लक्ष्य तय गरिए। सन् २००० को स्थितिबाट गरिबीको स्तरलाई पन्ध्र वर्षमा आधा गर्ने, सम्पूर्ण बा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्