३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मन्त्रीहरूको चौमासिक समीक्षा बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको चौमासिक समीक्षाअन्र्तगत पुराना मन्त्रीको कार्यप्रगति विवरण र नयाँ मन्त्रीको कार्य योजना सुनेका छन्।

निर्वाचन : आत्मसमीक्षाको अवसर

नेपाल कम्युनिस्ट पार्टीको सरकार दिन÷प्रतिदिन नियन्त्रणकारी हुँदै गएको छ। सैनिक तानाशाही, एकदलीय वा निर्दलीय अधिनायकवादी सत्तालाई बिर्साउने गरी सरकार कानुन तर्जुमा गर्न प्रतिबद्ध देखिन्छ। यो सरकारले सबैभन्दा ठूलो वर्ग दुश्मन अभिव्यक्ति स्वतन्त्रतालाई देख्न लागेको छ।

गणित, विज्ञान र अंग्रेजीमा पुरानै गल्ती

साढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात बर्से विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरू विज्ञान र गणित विषयमा अपेक्षित लक्ष्यभन्दा कमजोर रहेको देखिएको छ। अधिकतर विद्यार्थीले विज्ञान र गणित विषयमा ४० प्रतिशतभन्दा कम अंक प्राप्त गरेका छन् भने अंग्रेजी विषयमा समेत विद्यार्थीको नतिजा ४० प्रतिशभन्दा मुनि रहेको छ।

मौद्रिक नीति र वित्तीय स्थायित्व

नेपालमा मौद्रिक नीति सञ्चालन आर्थिक वर्षको प्रारम्भ अर्थात् साउनमा घोषणा हुने मौद्रिक नीति र अन्य मध्यावधि एवं त्रैमासिक समीक्षाको खाकाभित्र रहेर गरिन्छ। तथापि आन्तरिक एवं बाह्य क्षेत्रमा भएका समसामयिक घटनाहरूको प्रतिक्रियास्वरूप मौद्रिक नीतिमा समयसापेक्ष सुधार गरिने गरेका छन्। वार्षिक मौद्रिक प्रतिवेदन र मध्यावधि समीक्षाले समष्टिगत आर्थिक घटना, वित्त नीति, वित्तीय क्षेत्र सुधार एवं अन्य मौसमी परिवर्तनले मौद्रिक नीतिमा पर्ने प्रभाव निरूपण तथा तदनुरूप मौद्रिक उपाय अवलम्बन गर्ने सम्बन्धमा मार्गदर्शन प्रदान गर्नाका साथै यी विषयमा पारदर्शिता कायम गर्न र सूचना आदानप्रदानमा सहयोग पुग्छ।

‘आठ दिनपछि न्याय पाएँ’

युट्युब भिडियोमा गलत किसिमले फिल्म समीक्षा गरेको आरोपमा पक्राउ परेका मिम नेपालका प्रनेश गौतम जिल्ला अदालत काठमाडौंकोे आदेशमा आइतबार साधारण तारेखमा रिहा भएका छन्। अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशमा छोरा रिहा भएपछि प्रनेशका बुवा ऋषिराज गौतमले आफूले एकचरणको न्याय पाएको बताए। ‘आठ दिनदेखि छोरा हिरासतमा हुँदा मैले ठूलो पीडा भोगेको थिएँ। आज अदालतले छोरालाई साधारण तारेखमा रिहाइको आदेश दिएको छ’, उनले भने, ‘अदालतको निर्णयले आठ दिनपछि न्याय पाएँ।’

प्रनेश रिहाईको माग गर्दै प्रदर्शन

फिल्म समीक्षाकै कारण मिम नेपालका युट्युबर प्रनेश गौतम पक्राउ परेको विरोधमा युवाहरूले राजधानीको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेका छन्।‘फ्री प्रनेश’, ‘नेपाली फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘नराम्रोलाई नराम्रो भन्न नि नपाउने ?’ जस्ता व्यानर र पम्प्लेट बोकेका युवाहरूले मुखमा टेप टाँस्दै गौतम पक्राउको विरोध गर्दै रिहाईको माग गरेका छन् ।

पात्रो फेरियो, फेरिएन अवस्था

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ। नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए।

एक वर्षमै कमजाेर कांग्रेस, आन्तरिक किचलाेले बिर्सियो प्रतिपक्षी भूमिका

महासमिति सदस्यले गर्नु त समान्य कुरा थियो। तर पार्टी संगठनको जिम्मेवारी लिएर बसेका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रकाे मुद्दा बाेकेर हिँडेपछि कांग्रेसलाई संविधानविपरीत हिँड्न खोजेको आरोपसमेत लाग्यो।

वर्ष दिनभरि विवादमा ओली सरकार

लामो समयको राजनीतिक अस्थिरता चिर्दै ओली बहुमत प्राप्त पार्टीको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए। चुनावी परिणामअनुसार नै स्थायी सरकार बन्यो। राजनीतिक अस्थिरताले लामो समयसम्म पिरोलेको नेपालीलाई स्थायी सरकार बनेपछि केही राहत भयो।

नाकाबन्दी लगाउने मोदीको शासन परीक्षण

पुस्तकको नाम ‘द प्यारोडक्सिकल प्राइममिनिस्टर नरेन्द्र मोदी एन्ड हिज इन्डिया’ राखिए पनि किताबको मूल कथ्य भने ‘अ फेलियर प्राइममिनिस्टर’हो।

भारतीय सहयोगका पुनर्निर्माण परियोजनाको समीक्षा

भारत सरकारको सहयोगमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गरिएको छ । भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको सोमबार सम्पन्न बैठकमा हालसम्मको प्रगतिबारे समीक्षा गर्दै पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

पछौटेपनको आत्मसमीक्षा

आज मार्च ८ अर्थात महिला दिवस। पत्रपत्रिका, रेडियो तथा टेलिभिजनका हरेक शब्द, सम्वाद, बहस, आलेख महिलामयी छन्। महिला पछाडि पर्नुका आर्थिक, सामाजिक तथा राजनीतिक करणबारे अन्तरक्रिया, बहस तथा गोष्ठी आयोजना भइरहेका छन्। पितृसत्ताका एक÷एक व्यवस्थाको चिरफार गरेर समाजमा महिलाको कमजोर उपस्थितिका कारण खोतलिँदै छन्। र, खासमा तिनै कारण प्रमुखरूपमा जिम्मेवार पनि छन् जुन आजको दिनमा मूलप्रवाहमा छलफल गरिन्छ। आर्थिक स्रोतमा महिलाको पहुँच भएन, पुँजीगत सम्पत्तिमा अधिकार भएन भनेर सरकारका नीति, कानुन, संस्थागत र संरचनागत व्यवस्थाको घनिभूत छलफल गरी निष्कर्ष निकालिन्छन्।

राष्ट्रिय गौरवका आयोजना : ६ महिनामा २५ प्रतिशतमात्र खर्च

देश विकासको मेरुदण्ड मानिएका राष्ट्रिय गौरवका आयोजनाको चालु आर्थिक वर्षको ६ महिनाको प्रगति सन्तोषजनक नरहेको पाइएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजना भनेर घोषणा गरेका २९ वटा आयोजनाको ६ महिनाको कुल खर्च २५ प्रतिशतमात्र देखिएको छ ।

१२ वर्षमा के पायौं भन्ने समीक्षा गराैँ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षयता देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस बारेमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका छ

अच्युतकृष्ण खरेलको आत्मकथामा घोत्लिँदा

‘प्रत्येक मानिसको जीवनमा उसको सोचाइ, बुझाइ, आचरण र भोगाइका आ–आफ्नै कथा हुन्छन् । कथा एकांङ्की हुन सक्दैन्’, पूर्व आईजीपी अच्युतकृष्ण खरेलको आत्मकथा यही उदगारबाट सुरु हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्