४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीहरूको चौमासिक समीक्षा बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको चौमासिक समीक्षाअन्र्तगत पुराना मन्त्रीको कार्यप्रगति विवरण र नयाँ मन्त्रीको कार्य योजना सुनेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुराना मन्त्रीले प्रस्तुत गरेको चौमासिक कार्य सम्पादन प्रगति विवरण र नयाँ मन्त्रीले योजना आफ्ना योजना सुनेका थिए। बैठकमा मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिवहरू पनि सहभागी भएका थिए।

राती अबेरसम्म बसेको चौमासिक बैठकमा मन्त्रीहरूले कार्यप्रगति र योजना सुनाइसकेपछि प्रधानमन्त्री ओलीले निर्देशन आवश्यक निर्देशन दिएका थिए। केही समयअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए। साउन ७ गते प्रधानमन्त्री ओलीले चौमासिक बैठक गरेका थिए भने असोज २ गते दुई महिनाको कार्यप्रगति विवरण लिएका थिए।

मंसिर ५ गते मन्त्रिपरिषद् पुनर्गठन भएसँगै केही मन्त्री बाहिरिएका छन् भने नयाँ सदस्य मन्त्रिपरिषदमा थपिएका छन्। मन्त्रिपरिषद् पुनर्गठनसँगै बसेको बैठकमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूलाई तीन दिनभित्र आप्नो मन्त्रालयको योजनासहित उपस्थित हुन निर्देशन दिएका थिए भने पुराना मन्त्रीलाई कार्यप्रगति विवरण पेस गर्न निर्देशन दिएका थिए।

प्रकाशित: १० मंसिर २०७६ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App