१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउने

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।

नक्कली नोटसहित हेटौँडामा तीन जना पक्राउ

हेटौंडाबाट ९५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहट जिल्लाको कटहरिया नगरपालिका ६ नम्बर वडाका १९ वर्षका धर्मेन्द्र महरा, कटहरिया नगरपालिका १ का २१ वर्षका दिपेश दास र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका २ नम्बर वडाका ४० वर्षका विजय तामाङलाई पक्राउ गरेको हो ।

बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।

एसियन पेन्ट्सद्वारा विजेता विद्यार्थीको नाम घोषणा

एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्टस् कम्पिटिसन २०२२/२३ का विजेता विद्यार्थीको नाम घोषणा गरेको छ।

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन्।

स्पोर्टस अवार्डबाट एकलाख बचत

गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।

५२ वर्षपछि फेरिंदै विद्यालय शिक्षा कानुन

५२ वर्षअघि अर्थात् २०२८ सालमा जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विधिवत् रूपमा अघि बढाएको छ।

सुन बरामद प्रकरणः एजेन्टसहित छ जना पक्राउ, फरारकाे खोजी हुँदै (अपडेट)

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।

दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।

सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्टस’ र ‘रिफरल स्किम’ योजना

मर्चेन्ट बैंक र प्रभु क्यापिटलले आफ्ना सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्टस’ र ‘रिफरल स्किम’ योजना सार्वजनिक गरेको छ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्यो,पहिला व्याटिङ गर्ने

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्