१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

ई स्पोर्टस् टोली मकाउ प्रस्थान

१९औं एसियाली खेलकुदमा छनोट हुने उद्देश्यसहित नेपाली ई स्पोर्टस् टोली मकाउ प्रस्थान गरेको छ।

मकाउमा हुने पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे।

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समीर गुरुङ (ग्यान्टे), दीपेश गुरुङ (डेल्टा) र संगीन भट्टराई (साङ) रहेका छन्।

एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टोलीको सहभागिता रहने बताइएको छ। पब्जी मोबाइल जुन २३ देखि २६ तारिखसम्म हुनेछ। 

प्रकाशित: ७ असार २०८० ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App