३ असार २०८१ सोमबार
image/svg+xml

ठाकुर पक्षका मुद्दा ओझेलमा

जसपा सरकारमा सहभागी हुनुअघि उसले उठाएका मुद्दा सम्बोधन गर्न दुई पक्ष सम्मिलित कार्यदल बनेको थियो। संविधान संशोधनका लागि पनि एउटा कार्यदल बनेको थियो। प्रधानमन्त्री माग पूरा गर्न सहमत जसपा ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर ठाकुर पक्ष सरकारबाट बाहिरएपछि उसका माग पूरा गर्नेतर्फ प्रधानमन्त्रीले चासो दिएका छैनन्। कार्यदलको बैठक पनि बस्न नसकेको त्यसका सदस्य लक्ष्मणलाल कर्णले बताए।

चार वर्षमा जग बन्यो, पुल बनेन

जिल्लाको दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलको गुम्देल खोलामा लाच्छोर र क्यामालाई वडा केन्द्रसम्म जोड्ने गरी निर्माण थालिएको मोटरेवल पुल ४ वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन। पुल निर्माणका लागि ४ वर्षमा जग बनेता पनि जगकै कामसमेत अधुरो रहेको छ।

फेरिनै नसकेको गुम्देलबासीको विकास माग

तीन तहको निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको नारा दिएता पनि जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलका स्थानीयको विकास माग भने अझै फेरिन सकेको छैन। गुम्देलबासीले सरकारसँग यतिबेला नयाँ योजना केही मागिरहेका छैनन। उनीहरुले पुस्तौदेखि माग्दै आएको विकासलाई आज पनि निरन्तर पच्छ्याउदै विकास मागिरहेका छन्।

ओझेलमा सरसफाइ र स्वच्छता

विश्वले रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर जस्ता प्रविधिको खोजी,उपयोग एवम परिमार्जन गर्दै आएको छ। र, विश्वव्यापीकरणको प्रभावले नेपालीले पनि त्यस्ता सामग्रीको उपयोगलाई अंगीकार गर्दै आएका पाइन्छ। तथापि सरसफाइ र स्वच्छता प्रवर्धनमा भने नेपाली समाजको तदारुकता अपेक्षित मात्रामा बढ्न सकेको पाइन्न। सरसफाइ एवं स्वच्छता अझै पनि मानिसको जीवनशैली बन्न नसकेको वास्तविकतालाई मध्यनजर गरी नेपालमा सरसफाइमा सामाजिक उत्तरदायित्वको आवश्यकता महसुस गरिएको हो।

दसैंको मौलिकता ओझेलमा

दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ । दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।

जेनतेन चल्दै हुलाकसेवा

आधुनिक प्रविधिको विकास भएसँगै हुलाक सेवा ओझेलमा परेको छ । विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चारको प्रविधिको विकास भएसँगै ओझेलमा पर्यो । कुनै बेला बिहान दस बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ ।

जैविक विषादी र आइपिएम विधि ओझेलमा

जैविक विषादी उत्पादन स्रोत केन्द्र समुदायको अग्रसरतामा स्थापना हुँदै आएका छन्। व्यावसायिक किसानको आवश्यकताअनुसार जैविक विषादी उत्पादन गर्नमा धेरै लगानी हुने भएकाले यस्ता स्रोत केन्द्रका सहजकर्ता किसान हच्किएका छन्।

प्रमुख र उपप्रमुखको विवादले न्यायिक समिति ओझेलमा

संविधानले स्थानीय तहको सरकार गठन भएको लामो समय बित्दा पनि प्रमुख तथा उपप्रमुखबीचको विवादले जिल्लाको अधिकांश पालिकामा इजलाश संचालन हुन सकेको छैन्।

सङ्क्रमणकालीन न्याय जहाँतहीँ ओझेलमा

विभिन्न मुलुकमा भएका द्वन्द्व र सशस्त्र क्रान्तिपछि वेपत्ता व्यक्ति खोजबिनको लागि आयोग स्थापना हुने गरेका छन् । नेपालमा पनि माओवादीको सशस्त्र द्वन्द्वपछि यस्तै आयोग गठन गरिएको छ । तर यसको काम त्यति प्रभावकारी देखिएको छैन । विश्वमा स्थापित सङ्क्रमणकालीन आयोगहरुको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको यो प्राज्ञिक आलेख यस क्षेत्रमा काम गर्नेहरुका लागि मात्र नभइ नीति निर्माता, अध्येता एवं सरोकारवालाहरुका लागि उपयोगी छ ।

मानवशास्त्र ओझेलमा परेकोमा चिन्ता

मानव जातिको संस्कृति, सभ्यता, विविधता र समाजको बनोटलाई जोड्न सक्ने विषय भएर पनि मानवशास्त्र ओझेलमा परेको मानवशास्त्रीले बताएका छन् । समाजमा जातीय, धार्मिक, सांस्कृतिक विविधता रहेको र त्यसलाई समावेशी बनाउन सघाउने विषय मानवशास्त्रलाई सबैतिरबाट बेवास्ता गरिएको उनीहरुको चिन्ता छ ।

पर्यटकीय सहस्त्र झरना ओझेलमा

जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

ओझेल हुँदै राष्ट्रिय गीत

नेपाल सरकारले आफ्नो राष्ट्रिय नीतिमै देशको कला, संस्कृति, गीत संगीत जस्ता राष्ट्रिय धरोहरलाई अनुत्पादक विषयवस्तु भनेर राखेको छ ।कला अन्तर्गत गीत संगीतभित्र पर्ने राष्ट्रिय गानलाई त झन् कला संगीतको बजारले नै अनुत्पादक घोषणा नै गरेको अवस्था छ ।

‘स्काई डाइभ खेल ओझेलमा’

नेपालमा आठ हजारभन्दा अग्ला हिमालबाट खेलिने साहसिक खेल ‘स्काई डाइभ’को प्रचूर सम्भावना हुँदाहुँदै पनि यसको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन्। विश्वमा हिमाली देशको रुपमा चिनिएको नेपालमा स्काई डाइभको अन्तराष्ट्रिय तहमा सरकारले प्रवद्र्धन गर्न नसकेको उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्