१० मंसिर २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समितिले बुधवार (आज) बाट काम थाल्ने भएको छ।

भन्सार जाँचपास परीक्षण कार्यालय स्थापनाको  माग

प्रदेशस्तरीय भन्सार जाँचपास परीक्षण कार्यालय स्थापना गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन्। बुधबार भन्सार जाँचपास परीक्षण कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पूर्वका उद्योगी, व्यवसायीले यस्तो माग गरेका हुन्।

वाइड बडी जाँचबुझ आयोग बेखबर

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ। आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन।

कारबाही गर्ने ट्राफिकले रक्तचाप चेक गर्दा चालकहरू दंग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा ट्राफिक प्रहरीले मोटरसाईकल रोकेर कागजात मागेपछि सलेमपुरका सरोजकुमार यादवले लाइसेन्स, ब्लुबुक देखाए। लगत्तै ट्राफिकले तपाँई ओर्लनुस् त भन्दै च्याप्प समातेर छेउमै रहेको कुर्सीमा बस्न भनेपछि यादवले डराउँदै भने, ‘हैन यो के गरेको, सबै कागजपत्र त देखाई सके त।’

परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के

महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो।

वाइडबडी विमान खरिद अनियमितता छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

थप चारको डिएनए पनि मेल खाएन

निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा डिएनए जाँचका लागि पठाइएको चारजनाको नमुना पनि मेल नखाएको रिपोर्ट आएको छ ।

शंकास्पद सबैको डिएनए जाँच गर्ने प्रहरी तयारी

निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ।

चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने

स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ।

शरिफलाई स्वास्थ्य जाँचमा रोक

पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी परेका छन्। विरामी परेपनि उनलार्इ स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ। उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदले जनाएका छन्।

खुल्ला ठाउँमा विरामी जाँच्दै चिकित्सक

१९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेका सेवा दुई दिनदेखि ठप्प छन् । स्वास्थ्य संस्थामा पुगेका विरामीहरुलाई चिकित्सकहरुले खुल्ला ठाउँमा राखेर चेकजाँच गर्ने गरेका छन्।

वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एचआइभी संक्रमितको सुझाव

प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी संक्रमित महिलाले सुझाव दिएका छन्।

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्राविधिकले भारतबाट आयातित माछा छामेर र सुँघुरै जाँच्ने गरेका छन्।  अरू धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्