१० मंसिर २०८१ सोमबार
image/svg+xml

एकीकृत जाँच चौकी निर्माण अधुरै

पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) निर्माण लामो समयदेखि अधुरै रहेको छ । जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसक्दा पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । भारत सरकारले बनाइदिने राष्ट्रिय स्तरको ठूलो आयोजना निर्माण कार्य अधुरो हुँदा भन्सारसँग सम्बन्धित काममा कठिनाइ भएको सरोकारवालाको गुनासो छ।

वर्षमा एकचोटि जाँचे क्यान्सरबाट बच्न सकिन्छ

पाठेघरबाट रगत आउँछ ? दिसाबाट रगत आउँछ ? खाना खाएपछि बान्ता हुन्छ ? लामो समय खोकी लागिरहन्छ ? यीमध्ये कुनै लक्षण छन् ? छ भने बेलैमा परीक्षण गराउनुहोस् । छैन भने पनि परीक्षण गराउनुहोस् । सम्भावित क्यान्सरबाट बच्न सकिन्छ । तपाईंलाई पत्तै नपाई क्यान्सर लागिसकेको हुन सक्छ । क्यान्सर छिप्पिएपछि उपचारमा कठिन हुने भएकाले वर्षमा कम्तीमा एकपटक पूरै स्वास्थ्यजाँच गर्न चिकित्सकले सुझाएका छन्।

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ।

५०% गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।

स्वास्थ्य शिविरमा ३५० को निःशुल्क जाँच

ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच गराएका छन्।

वीरमा क्यान्सर जाँच्ने स्क्रिनिङ सेवा सुरु हुने

तपाइँको शरीरमा कतै क्यान्सर लुकेको त छैन ? समयमै जाँच गराएर क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्नुहुन्छ । यसको लागि वीर अस्पतालले पुसको तेस्रो सातादेखि ‘क्यान्सर स्क्रिनिङ सेवा’ दिने तयारी गरिरहेको छ ।

मतदान केन्द्रमा चेकजाँच (फोटो फिचर)

आज बिहीवार ४५ जिल्लामा भइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था निकै व्यवस्थित र कडा पारिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको चेकजाँच गरिरहेका छन् ।

राजमार्गमा चेकजाँच कडाई

केही दिनअघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। बम र विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेपछि राजधानीमा दोस्रो चरणमा हुने निर्वाचन लक्षित गरेर राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

मेलम्चीले ‘प्रेसर’ जाँचेका स्थान कालोपत्रे

मेलम्चीले पाइप ओछ्याएर ‘प्रेसर’ जाँचेका स्थानमा कालोपत्रे गर्न लागिएको हो । विभागले यी स्थानमा समयसीमा तोकेर कालोपत्रे गर्न लागेको जनाएको छ । उपत्यकाभित्र लामो समयदेखि मेलम्चीको पाइप ओछ्याउन खनिएका सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् ।

हात जाँच गर्दा घुस लिएको पुष्टि, तीन नासु पक्राउ

सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

चाडपर्वमा मापसे जाँचलाई कडाई गरिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ।

रसुवामा सरकारी गाडी पनि चेकजाँच

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको छ।  सोमबार काठमाडौँबाट ८८ किलो सुन पक्राउ परेपछि रसुवामा तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको हो।

भन्सारले जाँचेको गाडीमै बढी सामान

चाडपर्वको मौका छोपेर पूर्वी नाकाबाट ‘सेटिङ’ मै सामान तस्करी हुन थालेको छ । भन्सार कार्यालय, विराटनगरले जाँचपास गरिसकेको मालबाहक गाडीमा कम मूल्याकंन गरिएकोे र वस्तुको परिमाण बढी भेटिएपछि मोरङ प्रहरीले दुईवटा गाडी सोमबार राति नियन्त्रणमा लिएको छ।

चुनाव प्रचार गर्न रगत जाँच शिविर

उम्मेदवारले प्रचार प्रसार गर्न घरदैलो, भेलाका अलाव नयाँ नयाँ शैली प्रयोग गर्न थालेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्