सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा
पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्राविधिकले भारतबाट आयातित माछा छामेर र सुँघुरै जाँच्ने गरेका छन्। अरू धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् ।