११ मंसिर २०८१ मंगलबार
image/svg+xml

माघेसंक्रान्ति मेलामा देवघाटमा भक्तजन (फोटो फिचर)

मकर स्नानका लागि देवघाटमा भक्तजनको भीड लागेको छ। कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा स्नान गर्न नेपालका विभिन्न स्थानसँगै भारतका हिन्दु धर्मालम्बीहरु आउने गर्छन्। तिर्थालु भक्तजन माघे संक्रान्तिको अघिल्लो दिन नै देवघाट आएर पनि बस्ने गर्छन्। बेलुकी भजल, किर्तन गरेर जाग्राम बसेर बिहान देवघाटको संगमस्थलमा स्नान गरेर फर्कन्छन्।

तरुलका पोषक र औषधीय गुणहरु

तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

चारधाम मध्येकाे एक रुरु क्षेत्रमा माघे संक्रान्तिकाे राैनक (फाेटाे फिचर)

माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न र यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पुजाआजा गर्नका लागि मानिसहरुको यस क्षेत्रमा विहानैदेखि घुइँचो लागेको हो। रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा नुहाउने र ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्य लाभ हुने जनविश्वासका साथै मेलाको रमाइलो हेर्न भिड लागेको हो।

स्थानीय तहमा माघ २ गते सार्वजनिक बिदा

माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन्। टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन्।

माघे संक्रान्तिमा नुवाकोटमा ५१ हल गोरु जुधाइँदै

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ५१ हल गोरु जुधाउन लागिएको छ। विशेषगरी जिल्लाको तारुका,  बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यसवर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा पनि गोरु जुधाउन लागिएको आयोजकले जानकारी दिएको छ।

माघेसंक्रान्तिमा विदेशी सक्खरखण्ड

हामीले मनाउने संस्कृति र चाडपर्वसँगै विभिन्न परिकार पनि जोडिएर आउँछन् तर विडम्बना के छ भने हामीले चाडपर्वलाई निरन्तरता दिँदै गयौं तर तीसँग जोडिएका परिकारको उत्पादनलाई भने बिर्सियौं।

पश्चिम तराईमा माघी रौनक

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

थारू समुदायमा ‘माघी’ रौनक

‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।

माघीको मुखमा सुनसान थारु बस्ती

कैलालीको पूर्वी क्षेत्रका थारु बस्तीमा माघी पर्वको खासै चहलपहल छैन। कुनै बेला उक्त पर्वमा भरिपूर्ण हुने थारु बस्ती यो वर्ष प्रायः सुनसान देखिन्छन्। मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ।

तारुकामा २३ हल गोरु जुधाइने

आगामी माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो।नुवाकोट, रसुवा र धादिङमा पनि व्यवस्थित रुपमा गोरु जुधाउने तयारी भएको सम्बन्धित मेला व्यवस्थापन समितिले जनाएका छन्।

कर्णाली प्रदेशले दियाे माघे संक्रान्तिमा विदा

कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिको अवसर पारेर माघ एक गते सार्वजनिक विदा दिने घोषणा गरेको छ। बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले थारु, मगरलगायतका समुदायले मनाउने माघी पर्वको अवसरमा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

‘माघी’मा थारू परिकार

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्।

माघेसंक्रान्तिमा गण्डकी बिदा, पृथ्वीजयन्तीलाई बेवास्ता

माघ १ गते माघेसंक्रान्ति पर्वमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीमा भने बिदा दिईएको छैन्। पृथ्वीनारायण शाहको जन्मस्थान गोरखा जिल्ला अहिले गण्डकी प्रदेशमा पर्छ।

संक्रान्तिको फलाहार तरुल खन्न खेतभरी मजदूर

माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग गरिने तरुल निकाल्नका लागि केही दिनयता जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका खेतमा दर्जनौं मजदूर खनिरहेका भेटिन्छन्।

प्रदेश ५ : माघीमा २ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

प्रदेश नं. ५ मा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा दुइ दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्