११ मंसिर २०८१ मंगलबार
image/svg+xml

माघ अन्तिम सातादेखि बुढासुब्बा गोल्डकप, पुरस्कार राशिमा वृद्धि

मोफसलको चर्चित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको २१औं संस्करण माघ अन्तिम सातादेखि हुने भएको छ। आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै माघ २६ गतेदेखि फागुन ४ गतेसम्म गोल्डकप आयोजना हुने जानकारी दिएको हो।

नेपालले माघ दोस्रो साता युएईसँग खेल्ने

माघको दोस्रो साताबाट नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ।

सिमरा गोल्डकप माघ ३ देखि, १० टाेली सहभागी हुने

माघ ३ गते देखि सुरु हुने दशाैं संस्करणकाे रुस्लान सिमरा गोल्डकपमा कुल १० टाेलीले सहभागीता जनाउने भएका छन्।

माघमा ‘गरुड पुराण’, चैतमा ‘साइँली’

पोस्ट प्रोडक्सनको चरणमा रहेका दुई फिल्म ‘गरुड पुराण’ र ‘साइँली’को फस्टलुकसहित रिलिज मिति सार्वजनिक भएको छ । फिल्म युनिटले फस्टलुकसँगै रिलिज मिति पनि सार्वजनिक गरेको हो।

माघमा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

मदन भण्डारी स्पोर्टस एकेडेमीले माघ ९ गतेबाट मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्ने भएको छ।

विश्वकप फुटबलः इरानलाई आत्माघाती गोलको उपहार

दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

कस्तो अचम्म, माघमा पनि रोपाइँ !

माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ। मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन्।

माघे संक्रान्तिमा माइबेनी मेला

धार्मिक दृष्टिले प्रसिद्ध इलामको माइबेनीमा हरेक माघे संक्रान्तिको अवसर पारेर लाग्ने तीनदिने मेला धुमधाम लागिरहेको छ। यो पटक पनि माई, पुवामाई र जोगमाईको संगमस्थल माइबेनीमा पुस ३० देखि भव्य मेला लागेको हो। मेला माघ २ मा सम्पन्न हुनेछ।

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

आज माघ १। विभिन्न समुदायले आजको दिनलाई धुमधामका साथ मनाएका छन्। मगर समुदायले माघे संक्रान्तिकोरुपमा विविध कार्यक्रम गरेर मनाए भने थारु समुदायले माघीको रुपमा मनाए। राजधानीमा मगर समुदायले भृकुटिमण्डप र थारु समुदायले टुंडिखेलमा कार्यक्रम आयोजना गरेका थिए।

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।

रुरु क्षेत्रमा माघेसंक्रान्ति मनाउन दर्शनार्थीको घुइँचो (फोटो फिचर)

चार धाममध्ये एक धामका रुपमा परिचित रुरु क्षेत्रमा सोमबार विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ। गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा माघेसंक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्ने र यहाँ रहेका मठ मन्दिरहरुमा पूजाआजा गर्ने दर्शनार्थीको घुईंचो विहानैदेखि लागेको हो।

न्यानो बाँड्दै युवाले मनाए माघी

माघी (माघे संक्रान्ति) पर्वका अवसरमा जिल्लामा सोमबार विविध कार्यक्रम भएका छन्। कसैले घर परिवारमै त कसैले सामुहिक कार्यक्रम गरेर तिल र मुरैको लड्डु, तरुल, फापर एवं मासको फुरौला, चाकु खाँदै माघी मनाए। तर, सर्लाहीको हरिवन निवासी युवाहरुले भने असहाय, अपांग, वृद्धवृद्धा, मगन्ते लगायतलाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरणसहित माघे संक्रान्ति मनाएका छन्।

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्