११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

माघमा ‘गरुड पुराण’, चैतमा ‘साइँली’

काठमाडौं – पोस्ट प्रोडक्सनको चरणमा रहेका दुई फिल्म ‘गरुड पुराण’ र ‘साइँली’को फस्टलुकसहित रिलिज मिति सार्वजनिक भएको छ । फिल्म युनिटले फस्टलुकसँगै रिलिज मिति पनि सार्वजनिक गरेको हो।

निर्देशक सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ आगामी माघ ४ गते रिलिज हुनेछ । सार्वजनिक फस्टलुकमा अभिनेता नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । उनीसँगै कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरासिया, र नायिका प्रियंका सिंह ठकुरी पोष्टरमा अटाएका छन्।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुनिभा तुलाधर, बसन्त भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, र सरोज श्रेष्ठको पनि अभिनय छ । निर्देशक कोइरालाले हास्य प्रधान विधामा बनेको फिल्ममा पारिवारिक प्रेमकथा समेटिएको बताए।

फिल्ममा आकाश बराल, विनोद खतिवडा र सुवासको पटकथा तथा संवाद, कसम नेपालको कथा, रेनेशा वान्तवा राईको कोरियोग्राफी, कोसिस क्षेत्रीको संगीत, सुसन प्रजापतिको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ।

त्यस्तै गायक हेमन्त रानाले गाएको गीत ‘सुन साइँली’बाट नाम लिइएको फिल्म ‘साइँली’ आगामी चैत्र १५ गते रिलिज हुने भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मको सार्वजनिक तीन फस्टलुकमध्ये दुई फस्टलुकमा फिल्मकी शीर्ष नायिका मेनुका प्रधान र बाँकी एउटा पोस्टरमा गौरव पहारी र दयाहाङ राई फिचरिङ छन्।

गायक हेमन्त र नायक गौरवको कम्पनी जिएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । विशाल गुरुङ र मोहन राना मगर निर्माता रहेको फिल्ममा कालिप्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ।

प्रकाशित: २ मंसिर २०७५ २३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App