१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सिमरा गोल्डकप माघ ३ देखि, १० टाेली सहभागी हुने

तस्बिर : उपेन्द्र/नागरिक

बारा - माघ ३ गते देखि सुरु हुने दशाैं संस्करणकाे रुस्लान सिमरा गोल्डकपमा कुल १० टाेलीले सहभागीता जनाउने भएका छन्। आयोजक नव जनजागृति युवा क्लबले शुक्रवार पत्रकार सम्मेलन गरी यस सिजनमा एक विदेशी गरी कुल १० टाेलीले सहभागिता जनाउने जानकारी दिएकाे हाे।

सिमरा रंगशालामा हुने प्रतियोगितामा ए डिभिजनका ६, मोफसलका तीन र एउटा  विदेशी क्लब गरी १० टाेलीकाे सहभागीता रहने आयोजन नव जनजागृति युवा क्लबका सचिव शम्भु ठकुरीले बताए। प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख प्राप्त गर्ने छ।

माघ ३ गते देखि सुरु हुने प्रतियोगिता माघ १२ गतेसम्म चल्ने छ।

प्रकाशित: ६ पुस २०७५ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App