२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी सहभागी हुने

प्रिन्स प्रशिक्षकविहीन

यहीँ महिनाको अन्तिम साता फ्रान्सको पेरिसमा आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।  

नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरु अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले उल्लेख गरेको छ ।  

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।  

नेपाल ओलम्पिक कमिटीका अनुसार, ओलम्पिक छात्रवृत्तिमा रहेर प्रशिक्षणमा रहेका दाहाल श्रीलंकामा तथा नेपाल र प्रधान नेपालमा छन् । यस्तै शाह अमेरिकामा, लामा थाइल्यान्डमा, सान्टु श्रेष्ठ अष्ट्रेलियामा र सन्तोषी श्रेष्ठ नेपालमा प्रशिक्षणमा रहेका कमिटीले जनाएको छ ।  

नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षक उपलब्ध नगराउँदा ओलम्पिकमा पहिलोपटक सहभागी हुन लागेका प्रिन्सले बिना प्रशिक्षक प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।  

प्रतियोगिता यही जुलाई २६ देखि अगष्ट ११ सम्म पेरिसमा हुनेछ । 

प्रकाशित: १९ असार २०८१ १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App