२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सीआइबीले भन्यो: समाचारमा आएजस्तो हामी कसैलाई पक्रन गएका छैनौँ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो समय समाचारहरूमा आएअनुसार कसैलाई पक्राउ गर्न प्रहरी नखटाइएको बताएको छ।

ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचारहरूमा आएअनुसार कसैलाई पक्रन प्रहरी नखटाइएको जानकारी दिएको हो।

सिआइबीले कसैलाई पक्राउ गर्न प्रहरी पठाएको भन्ने कुरा भ्रामक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट विभिन्न व्यक्तिहरूको नाम तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी असत्य र भ्रामक विषयवस्तु राखी ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग  प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाएको उल्लेख गरेको छ।

प्रकाशित: १९ असार २०८१ १७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App