७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विदेशबाट आएका सबैले प्रशासनमा सम्पर्क राख्नुपर्ने

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई तत्काल प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ।

पाँचवटा देशका नागरिकलाई 'अनअराइभल भिसा' नदिइने

अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ। चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने तयारी विभागले गरेको हो।

अध्यागमनलाई झुक्याउँदै इरानी

विभागले राहदानी नक्कली हो कि सक्कली भनी छुट्याउन नसक्दा दुई इरानी नेपाल घुमेर भारत पुगे। भारतमै उनीहरुको राहदानी नक्कली भएको खुलेको हो।

अत्याधुनिक बन्दै अध्यागमन

अध्यागमन विभाग आफैंले ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर बनाई अध्यागमनलाई प्रविधियुक्त बनाउन लागेको छ।

साढे चार वर्षमा ८९ हजार पर्यटक

चीनसँगको नाका रसुवागढी हुँदै नेपाल आउने पर्यटक बढेका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार साढे चार वर्षमा ८९ हजारभन्दा बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्।

अकूत सम्पत्ति कमाएको आरोपमा अध्यागमन अधिकृतमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज मुद्दा दायर गरेको छ।

खुल्यो पूर्वीपहाडको ढोका

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको छ। स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज बनाएको हो।

अख्तियारको छानबिनपछि अध्यागमनको टेन्डर रद्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएपछि अध्यागमन विभागले सर्भर, स्टोरेज तथा नेटवर्किङलगायत उपकरण खरिदका लागि आह्वान गरेको टेन्डर रद्द गरेको छ। सार्वजनिक खरिद कानुनविपरीत प्रतिस्पर्धालाई सीमित गर्नेगरी एउटा मात्र ब्रान्डको उपकरण खरिद गर्ने उद्देश्यले टेन्डर आह्वान गरेपछि सर्भर, स्टोरेज तथा नेटवर्किङ उपकरण खरिदका लागि एउटा मात्र कम्पनीको प्रस्ताव परेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ। गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो।

एघार महिनामा १ सय ६४ विदेशी निष्कासन

वैशाखदेखि फागुनसम्मको अवधिमा एक सय ६४ विदेशी नागरिक (पर्यटक)लाई नेपालबाट निष्कासन गरिएको छ। पाहुनाका रूपमा नेपाल भित्रिएका ती विदेशी पर्यटक विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेर सजाय भोगिरहेका थिए। सजाय पूरा गरेका ती विदेशी नागरिकलाई अध्यागमन विभागमार्फत निष्कासन गरिएको हो।

कानुन मिचेर ‘टेन्डर सेटिङ’

अध्यागमन विभागले सूचना प्रविधिको सुधार र आधुनिकीकरणका लागि भन्दै अघि बढाएका प्रोजेक्टहरूको ठेक्का प्रक्रिया कानुनविपरीत रहेको पाइएको छ। अध्यागमनले सार्वजनिक खरिद कानुनको प्रावधान उल्लंघन गर्दै सफ्टवेयर र हार्डवेयर खरिद प्रक्रिया अघि बढाएको हो।

अध्यागमनमा ‘टेन्डर फिक्सिङ’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्ने उद्देश्यले अघि बढाइएको आवश्यक उपकरण खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थाविपरीत रहेको पाइएको छ। अध्यागमन विभागले बायोमेट्रिक विवरणसहितको सूचना प्रणाली कार्यान्वयनका लागि खरिद गर्न लागेको उपकरणहरू प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको दबाब र प्रभावमा कुनै खास मोडलको उपकरणसँग मेल खानेगरी ‘स्पेसिफिकेसन’ बनाइएको तथ्य खुलेको हो।

अध्यागमनका कर्मचारी भट्टराई भ्रष्टाचारी ठहर

विशेष अदातलतले अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा कार्यरत तत्कालीन वरिष्ठ अध्यागमन सहायक कोषराज भट्टराईलाई भ्रष्टाचार गरेको भन्दै तीन महिना कैद र जरिवाना ठहर गरेको छ।

दस हजार रसुवालीले लिए ‘चाइना पास’

चीनसँग सिमाना जोडिएको रसुवाका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन्। त्यसका लागि रसुवागढी अध्यागमन कार्यालयले नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र(चाइना पास) उपलब्ध गराउँछ। यो एकपटक बनाएपछि एक वर्षसम्म त्यहीं (केरुङ)बस्न पाइन्छ।

रसुवागढी नाका हुँदै ४० देशका पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै एक महिनामा ४० देशका पर्यटक नेपाल आएका छन्। गत नोभेम्बर महिनामा विभिन्न ४० देशका एक हजार दुई सय आठ पर्यटक नेपाल आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्