२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाँचवटा देशका नागरिकलाई 'अनअराइभल भिसा' नदिइने

फाइल तस्बिर

काठमाडौं - अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ। चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने निर्णय विभागले गरेको हो।

मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम विभागले मार्च ७ अर्थात फागुन २४ गतेदेखि अनअनराइभल भिसा नदिइने अध्यागमन विभाग स्रोतले जनाएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका ६४ बढी मुलुकमा फैलिएको छ। पछिल्ले तथ्यांकअनुसार यसबाट ३ हजार बढीले ज्यान गुमाएका छन् भने ९० हजारको हाराहारीमा संक्रमित भेटिएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७६ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App