१० मंसिर २०८१ सोमबार
image/svg+xml

योजना डिजाइनमै उद्योगी व्यापारीको असन्तुष्ट

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बन्न लागेको पथलैया–वीरगन्ज ६ लेन सडक निर्माणमा वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायीले कमजोरी औंल्याएका छन्।पहिलेदेखि रहेको प्राकृतिक बहाव बन्द भएको र दुवै किनारमा सडकसँगै बनेको नयाँ नालाले छेउछाउँको बर्खे पानीको निकास नदिएको भन्दै उनीहरुले कमजोरी रहेको बताए।

व्यापारी कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो।

शैक्षिक ब्यापारीको कार्यक्रममा जिम्मेवार व्यक्ति जानु अशोभनीय : तामाङ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले शैक्षिक ब्यापारीले आयोजना गरेको कार्यक्रममा सरकारका जिम्मेवार ब्यक्ति जानु शोभनीय नभएको बताएका छन्।

अपहरणमा परेका भनिएका व्यापारी साह पारिवारको सम्पर्कमा

अपहरण गरी वेपत्ता पारिएको भनिएका रौतहटका एकजना व्यापारी पारिवारिक सम्पर्कमा आएका छन्। गत वैशाख १७ देखि हराइरहेका रौतहटको कटहरिया बजारका व्यापारी श्री भगवान साह भारतको राजधानी नयाँ दिल्लीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

त्रिपुरासुन्दरीमा कर विवादः नगरपालिका र व्यापारीबीच जुहारी

यहाँको एक नगरपालिका र त्यस क्षेत्रका उद्योगी व्यापारीहरु वीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रभित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनुपर्ने सुविधा कुनैपनि नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको व्यापारी कर नतिर्ने बताएका छन्। नगरपालिका भित्र स्वच्छ खानेपानी,भरपर्दो विद्युत, सञ्चार र समयमा स्वास्थ्य संस्थाहरुमा औषधी व्यवस्थालगायतको सुविधा र उद्योगी व्यापारी मैत्री कर प्रणाली नल्याएको भन्दै कुनैपनि किसिमको कर नगरलाई नतिर्ने बताएपछि नगर र व्यापारी बीच जुहारी चलेको हो।

प्रधानमन्त्री ओलीकाे गुनासाे : व्यापारीले झुक्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्।

मुखै रसाउने तितौरा

व्यापारको निश्चित सिजन हुन्छ । तर, तितौराको हकमा यो कुरा लागू हुँदैन । यसको सिजन बाह्रै महिना हो । तितौरा भन्नेबित्तिकै धेरैको मुखमा पानी रसाउँछ । जाडो वा गर्मी दुवै सिजनमा यसको व्यापार हुने गरेको छ । तर, गर्मीमा बढी व्यापार हुने गरेको व्यापारी बताउँछन् । गर्मी महिनामा खाना नरुच्ने भएकाले त्यतिबेला बढी बिक्री हुने गरको व्यापारी अड्कल काढ्छन्।

भारतीय लगानीमा अफिम खेती

कुम्ले व्यापारीको आँडमा गाउँमा पुगेका भारतीय व्यापारीले स्थानीयलाई अफिम लगाउन बिउ उपलब्ध गराएका थिए।

साना व्यापारीलक्षित सस्तो ऋण उपलब्ध गराउँदै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं साना व्यापारीलाई लक्षित गर्दै सस्तो ऋण र निःशुल्क आकस्मिक बिमा उपलब्ध गराउनेबारे सोच बनाएको यससम्बन्धी प्रत्यक्ष जानकार दुईवटा सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्ससले उल्लेख गरेको छ।

डुब्दै अलैंची किसान

अलैंचीको मूल्य बढेर प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए। झन्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैंची खेती विस्तार पनि गरे। साहुबाट महंगो ब्याज दरमा ऋण लिएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिए। बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैंची लगाउनुभयो तर, सोचे जस्तो भएन।

व्यापारी झुक्याएर ४० लाख ठग्ने पक्राउ

काठमाडौं उपत्याकामा ठगी गर्दै हिँड्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट कैलालीका वासुदेव मैनालीलाई पक्राउ गरेको हो।

चियामा विविधता खोज्दै विदेशी व्यापारी

तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन्। विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन्।

चिनियाँ रुद्राक्ष व्यापारीलाई हिरासतमा राख्न म्याद थप

रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्नलाई १० दिनको म्याद थप गरिएको छ। चार चिनियाँ रुद्राक्ष व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन तान्वीन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेले जानकारी दिए। उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

बढी कर नतिर्दा ठेकेदारले भत्काईदिए पसल

मागेजति कर नदिएको भन्दै ठेकेदारले लालबन्दीस्थित तरकारी बजारमा फलफूल व्यापारीको टहरा भत्काई दिएका छन्। ठेकेदारले बढी कर मागेको र त्यसको विरोध गर्दा आफूहरुको पसल नै भत्काई दिएको फलफूल व्यापारीले गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्