१० मंसिर २०८१ सोमबार
image/svg+xml

बजार अभावमा कुहिँदै जुम्ली स्याउ

कोहलपुरस्थित न्युरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ताअघि ६७ क्विन्टल स्याउ मगाए तर ती स्याउले बजार नपाउँदा एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन्।

चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्ः व्यापारीहरु

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए।

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,

महानगर कार्यालय अगाडि फुटपाथ व्यापारीको नाराबाजी

सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

जनगुनासो बढेपछि बजार अनुगमन सुरु

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य संघले संयुक्तरूपमा यहाँका विभिन्न बजार अनुगमन गर्न थालेका छन्।

‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिता सेनको जवाफ...

‘हाम्रो वरपरको संसार दयनीय र दुखी बन्दै गएको देख्दा दुःख लागेको छ। तथाकथित बुद्धिजीवीहरू बानीले त्यस्तै बनाएको छ। तिनीहरूको बकवास कहिलेकाहीं बेवास्ता गर्छु जो मेरो कहिल्यै साथी भएका छैनन् र जसलाई मैले कहिल्यै भेटेको छैन। सबैले मेरो जीवन र चरित्रको बारेमा महान विचार र अन्तरदृष्टि साझा गर्दै छन्। तिनीहरू आफैं ‘गोल्ड डिगर’बाट लाभान्वित छन्। मेरा सबै शुभचिन्तकहरू र नजिकका मानिसहरूको समर्थन पाउँदा धेरै राम्रो लाग्यो। म तपाईलाई भन्न चाहन्छु कि तपाईंको कथा पूर्णतया राम्रो छ किनकि म कहिल्यै अरूको अनुमोदन र प्रशंसाको प्रकाशमा बाँचेकी छैन। म आफैं सूर्य हुँ। पूर्ण रूपमा आफ्नो र आफ्नो विवेकमा केन्द्रित छु।'

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ। मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ। एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन्। मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन।

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना सार्वजनिक

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने मदिरा व्यापारी पक्राउ

आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्।

निषेधाज्ञा उलंघन गर्ने पाँच व्यापारी पक्राउ

निषेधाज्ञा उलंघन गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६ का लक्ष्मी थापा, रुपकला खड्का, रुपा सारु, जगत बिसी र जनक भट्टराईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र भट्टले जानकारी दिए।

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो।

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

मदिरा खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्ला (पैसा राख्ने स्थान) बाट तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन्। सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन्।

संसदीय समिति निर्देशन विवादमाः व्यापारीको स्वार्थमा पानीको मूल्य निर्धारण

प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो।

अवैध सम्बन्धले व्यापारीको हत्या

गत शनिबार मृत अवस्थामा गोदावरी नगरपालिका–५, का ३६ वर्षीय शिवचरण रानाको उनकै प्रेमिकाले हत्या गराएको खुलासा भएको छ । गाउँकै एक विवाहित महिलासँग वर्षौदेखि उनको अवैध सम्बन्ध थियो । रानालाई उनकै सम्बन्धमा रहेकी प्रेमिकाले दुईजना युवक लगाएर हत्या गर्न लगाएको खुलासा भएको हो ।

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

‘व्यापार सुरु गर्दा ज्यालादारी काम गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन्,’ उनले भनिन्। व्यापार घाटा हुँदा ज्यालादारी काम गर्न बाध्य भएको उनले बताइन्। ‘एक/दुई दिन भए पनि व्यापार राम्रो चलेको थियो। लकडाउनले बन्द गरायो,’ उनले भनिन्, ‘त्यतिबेलाको घाटा उठाउन सडकमा काम गर्न थालेँ।’ उनीजस्तै सोही गाउँकी दुर्गा रिजालको पनि उस्तै पीडा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्