१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीलाई घुस दिन खोज्ने मदिरा व्यापारी पक्राउ

उदयपुरका एक मदिरा व्यापारी प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन्। आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्।  

अन्दाजी १ लाख २० हजार ५ सय मूल्य बराबरको भन्सार छलीको मदिरा बोकेको बोलेरो प्रहरी चेकजाँचको क्रममा पक्राउ परेपछि त्रियुगा नगरपालिकाका ११ गाईघाट बजारका व्यापारी श्रेष्ठले सामान छुटाईदिन भन्दै प्रहरीलाई २५ हजार घुस दिन खोजेका थिए। बोलेरोमा भरी ठूलो परिमाणका सामानको कुनै बील भपाई नभएको पाइएपछि कर छलेर ल्याएको ठहर गर्दै नियन्त्रणमा लिएकोमा बस्नेतले घुस दिन खोजेको प्रहरी आरोप छ।  

उनलाई जिल्ला प्रहरीको हिरासतमा राखेर ‘अभद्र व्यवहार गर्न खोज्ने सम्बन्धी’ मुद्धा दर्ता गरेर कारबाही अघि बढाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए। बरामद सम्पूर्ण सामग्री भने आवश्यक कारबाहीका लागि करदाता सेवा कार्यालय गाईघाटको जिम्मा लगाइएको गौतमले बताएका छन्।  

अज्ञातस्थलबाट आएको बोलेरोमा प्रहरीले चेकजाँच गर्दा दर्जन बढी किसमका बिभिन्न ब्राण्डका मदिरा र खाद्य पदार्थ फेला पारेको थियो। २३ प्रकारका सामग्री फेला परेको बोलेरोमा ६ कार्टुन अर्थात ७२ बोतल गोर्खा स्ट्रङ बियर, १२ काटुन अर्थात १ सय ४४ बोतल रकस्टार बियर, १२ काटुन अर्थात ३ सय ६० थान दिलवाले ब्राण्डको मदिरा, ३७५ मिलिग्राम (एमएल)को गोल्डेन वाक २४ थान र १ सय ८० एमएलको गोल्डेन वाक ८ थान फेला परेको छ। त्यस्तै ७५० एमएलको ८८४८ ब्राण्डका मदिरा ९ थान, ८८४८ ब्राण्डकै १८० एमएलका ३० थान, पुकार एप्पल ब्राण्डको मदिरा १८० एमएलका ६० थान पनि बरामद भएको छ।  

बोलेरोमा ७०० एमएलको चिसो पेय पदार्थ डिउ ४८ थान, १८० एमएलको बदाम जुस ४८ थान, २०० एमएलको फ्रुटी १ सय २० थान, २५० एमएलको बदाम जुस ७२ थान, ११ कार्टुन मोटुपातलु चाउचाउ पनि बरामद भएको छ। त्यसैगरी १३ पोका अमृत प्लस गुट्खा, ४ पोका कविर कम्पनीको सुर्ती, फनसेन्टर कम्पनीको बिस्कुट १ काटुन, थुक्पा १ काटुन, सन्टरफ्रुट चकलेट ३ बट्टा, आरके एप्पल १२ थान, गोल्डेन सहारा १ काटुन १२ थान, भुजा १ बोरा र आलु चिप्स २ काटुन पनि बरामद भएको प्रहरी भनाई छ। 

प्रकाशित: ५ श्रावण २०७८ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App