४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्य चौकीमा स्वास्थकर्मी नहुँदा वैद्य नै गाउँका डाक्टर

स्थानीय जडिबुटीबाट बनाईएको औषधी देखाउदै किम्री गाविस वडा नम्बर १ का ७५ वर्षीया आम्जी लोप्साङ्ग लामा।

आफ्नो बन्ध्याकरण आफैँ गर्ने डाक्टरलाई हेल्थ अवार्ड

काठमाडौं- यस वर्षको हेल्थ अवार्डबाट आफ्नो परिवार नियोजन आफैँ गर्ने एक डाक्टरसहित ७ व्यक्ति तथा संस्था सम्मानित भएका छन्। नेपालका ३० हजार भन्दा बढीको परिवार नियोजन गरेका डा टीकामान वैद्यसहित ७ लाई उत्कृष्ट काम गरेको भन्दै स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो।

दुई नक्कली डाक्टर सिआइबीद्वारा पक्राउ

काठमाडौं—प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

दुई नक्कली डाक्टर पक्राउ

काठमाडौँ-प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

'बूढा' डाक्टरसँग युवा मन्त्रीले भने- 'जवानीको जोश देखाइदिनुस्'

'मेरै उमेरजति त तपाईंले स्वास्थ्य सेवामै बिताइसक्नुभएको छ,' मन्त्री भएपछि पहिलोपटक बिहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीतिर हेर्दै यसो भन्दा हल हाँसोले गुन्जियो।

डाक्टरले छामेको विषाक्त नाडी

मंगलबार बिहान डा. दिनेशचन्द्र पोखरेलसामु आफ्नै स्वास्थ्य जाँच भइरहेको थियो, बिहानको ६ः३० बजे। चिकित्सा कक्षको बेडमा यो पंक्तिकार पल्टिएको थियो, डाक्टर मेरा हातको नाडी छामिरहेका थिए। हातले नाडीको चाल पत्ता लगाउँदै गर्दा उनी मुलुकको प्रमुख रोगबारे चर्चा गर्दै थिए।

छानविनमा रहेका डाक्टरलाई तत्काल निलम्वन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेको भन्दै तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्। आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले छानविनमा रहेका डाक्टरलाई विरामी जाँच गर्न नदिने निर्देशन दिएका हुन्।

फेरि दुई नक्कली डाक्टर पक्राउ

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली चिकित्सकविरुद्ध सञ्चालन गरेको अप्रेसन क्वाकअन्तर्गत उनीहरू ललितपुर र काठमाडौंबाट पक्राउ परेका हुन्।

नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्

तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।

कारबाही रोक्न माग गर्दै सात डाक्टर सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत अघि बढाएको कारबाही प्रक्रिया तत्काल रोक्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका सात डाक्टर सर्वोच्च अदालत पुगेका छन्। संविधानमै नभएको 'अनुचित कार्य' सम्बन्धी प्रावधानमा टेकेर गरिएको कार्य रोक्न पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग उनीहरूले गरेका छन्।

संविधान कुल्चँदै सात डाक्टरसँग स्पष्टीकरण

संविधानमै नभएको 'अनुचित कार्य' सम्बन्धी प्रावधान उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग दबाबमा त्रिभुवन विश्वद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का सात चिकित्सकमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

डाक्टरले एक हप्ता नबोल्न सुझाएपछि लोकमान सुशासन समितिको बैठकमा आएनन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की व्यस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा अनुपस्थित भएका छन्। कार्कीले अस्वस्थ रहेको पत्र पठाएर बैठकमा आउन नसक्ने जानकारी गराएका हुन्। उनले पठाएको पत्रमा डाक्टरले एक हप्ता नबोल्न सल्लाह दिएको उल्लेख छ।

डाक्टर कुर्दै, आमा-छोरा रुँदै

कोसी अञ्चल अस्पतालको इमेर्जेन्सी गेटछेउको काठको कुर्सी। सुरक्षा गार्ड बस्न राखिएको कुर्सीमा काखमा बच्चा बोकेर बसेकी एउटी आमा रोइरहेकी थिइन्। बच्चा पनि ‘पेट दुख्यो’ भन्दै रोइरहेका थिए। हातमा एक्स–रे बोकेकी महिला घरि छोराको अनुहार हेर्थिन् भने घरि आँचलले आखाँबाट बगिरहेको आँसु पुछ्थिन्।

डा.केसीको अनसनमा रेजिडेन्ट डाक्टरको समर्थन

काठमाडौं— मेडिकल शिक्षाका विसंगतिविरुद्ध अनसनरत डा. गोविन्द केसीका मागप्रति टिचिङ अस्पतालका अावासीय डाक्टरहरुले विज्ञप्ति जारी गर्दै समर्थन जनाएका छन्। माफियाको पकडमा पुगेको मेडिकल शिक्षा सुधारका निम्ति डा.केसीले अनसन थालेको भोलिपल्ट सोमबार आवासीय चिकित्सकहरुले समर्थन जनाएका हुन्।

शशांकको स्वास्थ्य परीक्षण गर्न भारतीय डाक्टर नेपालमा

अचानक विरामी भएपछि ओम अस्पतालमा उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइरालाको थप स्वास्थ्य परीक्षण गर्न भारतबाट डाक्टरको टोली आएको छ। अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स)का डक्टरको टोलीले शनिबार कोइरालाको स्वास्थ्य परीक्षण गरेको ओम अस्पतालका डाक्टर हरिकिशोर श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्