४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहुँचवाला नक्कली डाक्टरलाई अदालतको साहनुभूति

काठमाडौं— एउटै कसुरमा पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई अदालत र न्यायाधीशपिच्छे फरक–फरक धरौटी मागेर साधारण तारेखमा छाडिएको छ। काठमाडौंका पहुँचवाला ६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक अति न्यून धरौटी र साधारण तारेखमा रिहा भएका छन्।

धरौटीमा छुटे ‘नक्कली' डाक्टर

काठमाडौं जिल्ला अदालतले नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका काठमाडौंका १२ मध्ये चार चिकित्सकलाई सोमबार न्यून धरौटीमा छाड्न आदेश दिएको छ। चारैजना सोमबारै धरौटी बुझाएर रिहा भएका छन्।

नक्कली ‘सर्टिफिकेट’ मुद्दाका ८ डाक्टर धरौटीमा छुटे

वीरगन्ज– नक्कली सर्टिफिकेटको शंकामा नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी)को टोलीले असार ३ मा वीरगन्जबाट पक्राउ गरेर मुद्दा चलाइएका ८ जना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। सोमबार जिल्ला न्यायधीश महमद जुनैद आजादको इजलासले यस्तो आदेश गरेको जिल्ला अदालत पर्साले जनाएको छ।

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल पेशा अँगाल्दै आएको अभियोगमा डाक्टरलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा तीन जना धरौटीमा छुटेका छन्। एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्।

‘नक्कली’ डाक्टर जिल्ला चलान

प्रहरीले मुद्दा अभियोजनका लागि पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई उनीहरू कार्यरत रहेकै जिल्ला पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका ३५ मध्ये काठमाडौंबाहेकका चिकित्सकलाई उनीहरू कार्यरत रहेको जिल्ला पठाएको हो । पक्राउ परेका एकजना चिकित्सकलाई यसअघि नै जिल्ला पठाइसकिएको छ ।

‘नक्कली डाक्टर' को निवेदन खारेज

सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेस गरी डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेकाको निवेदन खारेज गरिदिएको छ। कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले चिकित्सकका परिवारले दायर गरेको निवेदन खारेज हुने फैसला सुनाएको हो।

डाक्टर केसी एकाएक अख्तियार प्रमुखविरुद्ध खनिनु भो: दाहाल

रौतहट— सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सन्त डाक्टर गोविन्द केसीले किन अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग माग गरे भन्ने आफूले बुझ्न नसकेको बताएका छन्। माओवादी सांसद सत्यनारायण भगत बिनकी छोरीको विवाह समारोहमा भाग लिन सोमबार चन्द्रनिगाहपुर आइपुगेका अध्यक्ष दाहालले डा.केसी एकाएक अख्तियार प्रमुख कार्कीविरुद्ध खनिएको बताए।

गाउँलेका गुनिला डाक्टर गुणराज

बैतडी– तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले साढे दुई वर्षअघि डा. गुणराज अवस्थीलाई ठूलो ‘अफर’ दिए । बालस्वास्थ्य महाशाखाको निर्देशक बन्न मन्त्रीले दिएको ‘अफर’ उनले इन्कार गरे। त्यही बेला उनलाई विभिन्न जिल्लाबाट मासिक लाखौं रकम दिने ‘अफर’ नआएका पनि होइनन्।

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

रसियामा एमबिबिएस पाँचौं वर्षको अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका मदनपोखरा–९ का हरिबहादुर थापाले कृषिमा क्रान्ति आवश्यक रहेको भन्दै स्वदेश फर्केर बाख्रापालन सुरु गरेका छन्। 'एग्रो टुरिजममा नेपालमा प्रशस्त सम्भावना रहेको थाहा पाएँ,' थापा भन्छन्, 'रसियामा अध्ययन गर्ने क्रममा कृषिमा गरेको मेहनत देखेर प्रभावित भएको हुँ।'

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

असार— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।

डाक्टरी विवरण एपमा

काठमाडौं- नेपालमा क्रियाशील चिकित्सक, कार्यरत अस्पताल र विशेषज्ञतासहित स्वास्थ्यसम्बन्धी आधारभूत सूचनासमेत दिने गरी नेपाली चिकित्सक संघले मोबाइल एप ल्याएको छ। संघले देशभर कार्यरत चिकित्सकको विवरण संकलन गर्दै एपमार्फत सेवाग्राहीसम्म पुर्याएउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्