४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

छानविनमा रहेका डाक्टरलाई तत्काल निलम्वन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेको भन्दै तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्। आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले छानविनमा रहेका डाक्टरलाई विरामी जाँच गर्न नदिने निर्देशन दिएका हुन्।

‘नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ,’ प्रधानमन्त्रीले भने,‘तपाईँले तत्काल छानविनमा रहेका डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस्।’ प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित: ३० श्रावण २०७३ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App