४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सगरमाथा आधार शिविरमा ‘हेल्लो डाक्टर’

पर्यटकहरुलाई लक्षित गरेर सगरमाथाको आधार शिविरमा ‘हेल्लो डाक्टर’ सेवा सुरु गरिएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिकामा पर्ने सगरमाथा आधर शिविरमा जाने नेपाली तथा विदेशी पर्यटका लागि लक्षित गर्दै एभरेष्ट लिंक प्रालिले हेल्लो डाक्टर सेवाको सुरुवात गरेको हो । प्रालिले गत आतरबार देखि हेल्लो डाक्टर सेवा प्रारम्भ गरेको हो ।

चारबुँदे सहमतिपछि डाक्टरको अान्दाेलन फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन्।

डाक्टर अान्दोलन असर : बाजुराका बेखर्ची सबल दमाई छट्पटिँदै

सबल दमाई बाजुराको जगन्नाथ, हुनी घर भएका ४० वर्षीय विपन्न व्यक्ति हुन्। उनी पाँच दिनयता चितवनको भरतपुर क्यान्सर अस्पताल हातामा यता उता ओहर दोहर गर्दै दिन बिताएका हुन् । साढे तीन वर्षको छोरा नोकेन्द्रलाई क्यान्सर भएको छ । उपचारका लागि जुन दिन अस्पताल छिरे त्यही दिनदेखि चिकित्सकले बिरामी हेर्न बन्द गरे । सरकार विरुद्ध चिकित्सकले गरेको आन्दोलनले उनलाई पिडामाथि पिडा थप्यो ।

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए । निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगन्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ वातावरण सुनसान देखियो ।

बिरामी छट्पटाउँदै शैयामा, डाक्टर प्रशासनको धर्नामा

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो ८ बर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए ।

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

पेट दुख्ने समस्याले सताएपछि उपचारका लागी भेरी अञ्चल अस्पताल आएका दाङ, घोराही निवासी सन्दिप केसी आईतबार निराश भएर घर फर्किए । अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन भनि एका बिहानै घरबाट निस्केका उनी जब भेरी अञ्चल अस्पतालको परिसरमा प्रवेश गरे, त्यसपछि मात्र डाक्टरहरु आन्दोलित भएको जानकारी पाएका थिए।

नेशनल मेडिकल कलेजमा भेटिएनन् डाक्टर र बिरामी

विवादित सम्बन्धन प्राप्त काठमाडौँ नेशनल मेडिकल कलेजको अवस्थाबारे छानविन गर्न गठित समिति अस्पताल पुग्दा पत्र बुझ्ने मान्छे पनि नभएको भेटिएको छ । सञ्चालनमा रहेको भनिएको अस्पताल निरीक्षण गर्न पौने ८ बजेतिर समिति घट्टेकुलो पुगेको थियो।

‘ठूला डाक्टर’ भेट्ने लालसाले स्थानीयको घुइँचो

घाँटीमा बेरेका गम्छाले छिनछिनमै अनुहारको पसिना पुछ्दै उनी बिरामीसँग कुनै बेला नेपाली त कुनै बेला नेपाली र हिन्दी मिश्रित मैथिलीमा कुराकानी गरिरहेका थिए । चिटचिट आउने पसिनाबाहेक उनको अनुहारमा लामो समयदेखिको अनशनबाट हुन सक्ने शारीरिक कमजोरी वा थकान देखिँदैनथ्यो । स्थानीयको हानथाप र होहल्लाले केही फरक परेको थिएन । उनी दत्तचित्त भएर बिरामीको बिरामी जाँच गरिरहेका थिए ।

बाढीपीडितलाई मलहम लगाउने ‘डाक्टर’

भारी वर्षाले पूर्वी नेपालमा ‘तवाही’ निम्त्याएको खबरले नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई काठमाडौंस्थित निवासमा छटपटाइरहे। उनी जसरी पनि विराटनगर आउन चाहन्थे। तर, बाढीको भेल पस्दा विमानस्थल डुबानमा थियो। जताततै क्षति पुर्‍याउँदा सडक मार्ग अवरुद्ध थियो। काठमाडौंको राजनीति ‘भागदौड’मा पनि उनी मन बहल्याउन सकेनन्। विराटनगर आउने अनेक उपाय खोजे। उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर इटहरी जान लागेको थाहा पाएपछि नेता कोइराला त्यसमै आउने निधो गरे।

ड. केसीको सर्मथनमा जाजरकोटका डाक्टरहरूद्वारा सरकारी कक्ष बहिस्कार

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा जाजरकोटका चिकित्सकहरूले विहीबार सरकारी कक्ष  बहिस्कार गरेका छन् । डाक्टर केसीको माग प्रति सरकार उदासिन भएको भन्दै उनीहरूले अस्पतालको आँगनमा बसेर बिरामीको चेकजाँच गरेका छन्।

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

१६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै बाध्य भएर ओपिडी सेवाबाट अलग हुनेपरेको डा कस्चेभ श्रेष्ठले जानकारी दिए।

डाक्टरको लापरबाहीले बालकको मृत्यु

निमोनियाले ग्रस्त १३ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार दिनभर जनकपुर अञ्चल अस्पताल क्षेत्र तनावमय रह्यो। उपचार गराउन ल्याइएका बालकको डाक्टरको लाहपर्वाहीले मृत्यु भएको र प्रहरीले उल्टै मृतककै बाबुलाई पक्राउ गरी थुनेको भन्दै मृतक पक्षले दिनभर प्रदर्शन गरेको छ।

तीन हजार विशेषज्ञ डाक्टर अपुग

संघीय नेपालमा स्थानीय तह निर्वाचनसँगै गाउँगाउँमा जनप्रतिनिधि पदबहाली गर्दैछन् । सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दैछ । अधिकार विकेन्द्रित भएसँंगै काठमाडौं र सहरी क्षेत्रमा थुप्रिएका डाक्टर गाउँ जालान् ? घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुग्ला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्