२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

सरकारले भारतको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीको नाम सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। यस्तै मलेसियाको राजदूतमा उदयराज पाण्डे सिफारिस भएका छन्। पाण्डे साउदी अरेवियाका लागि पूर्व राजदूत हुन्।

द्वन्दपीडितको नक्कली सिफारिस बनाइदिन दबाब

मंगलबार सत्रमा राष्ट्रिय ट्रमा सेन्टरको बहिरंग विभागमा डा. भोजराज अधिकारी बिरामी जाँचिरहेका थिए। करिब ११ बजेतिर तीन जना व्यक्ति सरासर उनको कार्यकक्षमा आए। सो समूहमा एक महिला र दुई पुरुष थिए।

प्रदेश ३ : स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस

प्रदेश नम्बर ३ को प्रदेशसभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ। समितिले बर्णानुक्रम अनुसार ५ जिल्लालाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि प्रतिवेदनमा सिफारिस गरिएको समितिका सभापति दीपक निरौलाले बताए।

किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस

न्याय परिषद्को विहीबारको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

सुन अनुसन्धान समितिको म्याद थप्न सिफारिस

साढें ३३ किलो सुन प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिको म्याद थपका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ।

दुई दर्जनबढी आयोजनाका ठेकेदारलाई कारबाही सिफारिस

सम्झौता अनुसार तोकिएको समयमा काम नगर्ने जिल्लाका ठेकेदारहरुको सूची गृह मन्त्रालयमा पठाईएको छ। आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने ३० ठेकेदारलाई सहित अन्यको निर्माण व्यवसायी, ठेक्का रकम, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने समय सहितको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले पठाएको हो।

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले कामु प्रधानन्याधीश समेत रहेका जोशीको नाम सिफारिस गरेको हो।

डेढ दर्जनभन्दा बढी ठेकेदारलाई कारबाही सिफारिस

रूपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। जिल्ला प्रशासनले विभिन्न ठेकेदारको लगत संकलन गरेको थियो। जसअनुसार १७ वटा आयोजनामा ठेकेदारको ढिलासुस्ती र लापरबाही पाइएको हो। आयोजना ओगटेर सञ्चालन खर्च लगे पनि निर्माणमा लापरबाही गर्ने डेढ दर्जन ठेकेदारको लगत गृह मन्त्रालयमा पठाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए।

१७ सय कर्मचारीलाई विभागीय कारबाही सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

१६ जिल्ला न्यायाधीश सिफारिस

न्याय परिषद्ले १६ जना जिल्ला न्यायाधीश लागि सिफारिस गरेको छ। परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको हो।

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस

विभिन्न स्थानको भौतिक निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने कम्पनीलाई सिन्धुलीको जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ।

५५ इन्सपेक्टरको डीएसपी बढुवाका लागि सिफारिस (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले ५५ जना प्रहरी इन्सपेक्टरको नाम डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।

२८ डीएसपीलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

नेकपाको केन्द्रीय सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे

नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्