२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सुन अनुसन्धान समितिको म्याद थप्न सिफारिस

काठमाडौं– साढें ३३ किलो सुन प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिको म्याद थपका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ।

सुन तस्करी प्रकरणको अनुसन्धान नसकिएको भन्दै गृहले विहीबार समितिको म्याद एक महिना थप्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको हो। 

साढें ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’लाई नियन्त्रणमा लिई जेल चलान समेत गरिसकेको छ। तस्करीमा संलग्न अन्यमाथि पनि अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७५ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App