२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

२९८ जनालाई सहायक निरीक्षकमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फ २९८ जनालाई सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को उपनियम ४ को प्रयोजनका लागि बढुवा सिफारिस गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

सिफारिस ढिला हुँदा नाम र केन्द्र परिवर्तन भएन

तोकिएको समय भन्दा ढिला आवेदन दिएपछि नाम र केन्द्र परिवर्तन गर्न खोजेका स्थानीय तहले हाललाई नाम र केन्द्र परिवर्तन गर्न नपाउने भएका छन्।

जनपदतर्फ २२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ।

कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो।

जनपदतर्फ १६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस

बढुवा समितिकाे साेमबार बसेकाे बैठकले १६ जना एसएसपीलालाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी नियमावली २०७१ काे नियम २७ काे उपनियम (४)काे प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएकाे जारी विज्ञप्तीमा उल्लेख छ।

वैशाख २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री र मन्त्रीसहित प्रदेशसभाका पदाधिकारीको तलब सिफारिस, कसको कति ?

प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित मन्त्री तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सिफारिस गरेको छ।

राष्ट्रिय सभामा सिफारिसमा परेका मनोनयनमा नपरेका सर्वोच्चमा

राष्ट्रिय सभा सदस्यको लागि सिफारिसमा परेका तर मनोनित नभएका तीन जना सर्वोच्च अदालत पुगेका छन्। शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यका लागि तीन जनालाई सिफारिस गरेको थियो। तर केपी ओली नेतृत्वको सरकारले उनीहरुको सिफारिस फिर्ता लिँदै नयाँ तीन जनालाई सिफारिस गरेपछि सांसद हुन नपाएका तीन जनाले सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रियसभामा नयाँ नाम सिफारिस हुने

सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

माओवादीले मन्त्रीको नाम सिफारिस गर्न सकेन

प्रदेशद नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ गराए। सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन्।

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

गत माघ १५ गते पक्राउ परेका अस्पताल सञ्चालक र विदेशी डाक्टरमाथि ठगी मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

समानुपातिकमा नियम मिचेर सिफारिस

निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा तीन राजनीतिक दलले नियम मिचेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले समावेशी समूह र क्रम संख्या मिचेर नामवली पठाएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले र संघीय समाजवादी फोरमले भने कानुनअनुसार नामवली पेस गरेका छन्।

राष्ट्रिय सभाका लागि देउवाले तीन सदस्य सिफारिस् गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस् गरेका छन् ।राष्ट्रिय सभा सदस्यका लागि प्रधानमन्त्री देउवाले गोपाल बस्नेत ,कृण्ण प्रसाद पौडेल तथा चाँदनी जोशीलाई आज सरकारका लागि राष्ट्रिय सभा सदस्य तोक्नका लागि सिफारिस् गरेका हुन् ।

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

नयाँ मेडिकल कलेजलाई सम्बन्धन र कलेजहरुको सिट निर्धारणमा छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले त्रिवि उपकुलपति तीर्थराज खनियाँसहित कार्यकारी परिषद्का पदाधिकारी एवं सदस्यलाई बर्खास्त गर्न सिफारिस गरेको छ। आयोगले अन्य विश्वविद्यालय एवं मेडिकल काउन्सिलका पूर्वपदाधिकारीमाथि पनि कारबाहीको सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्