४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो। यसै विच त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको बताए।

काेराेनाबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।

इन्जिनियरिङ अध्ययन संस्थानको बेथिति

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था हो । यसमा विद्यार्थीहरु अध्ययन गर्न पाउने नै आफूलाई भाग्यमानी ठान्छन् । यति मात्र होइन विदेशमा समेत यसको उत्पादित जनशक्तिले राम्रो अवसर पाउने गरेका छन् । यसकासाथै इन्जिनियरिङ अध्ययन संस्थानको बिईको प्रवेस परीक्षा पास मात्र भएकै आधारमा विदेशी विश्वविद्यालयहरुले थरीथरिका छात्रवृत्ति समेत दिने गरेका छन् । तर हाल आएर यस संस्थानमा केही स्वार्थी पदाधिकारीहरुले गर्दा संस्थाको गरिमा खस्कँदै गएको कार्यरत प्राध्यापकहरुले खुलाएका छन् ।

बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित छ जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

नियमानुसार छात्रवृत्ति नदिँदा आन्दोलनको तयारीमा विद्यार्थी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएका उपत्यकाका सबै निजी कलेजले विद्यार्थीले कानुनी रूपमा पाउनुपर्ने छात्रावृत्ति नदिएको भन्दै विद्यार्थीहरू आन्दोलनको तयारीमा छन्।

मेयर कप किक्रेट: पुलिस शीर्ष स्थानमा बस्दै फाइनलमा

नेपाल पुलिस क्लब काठमाडाैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले काठमाडौं मेयर ११ माथि १ सय ३ रनको जितका साथ प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गरिने

त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रहरुमा सीसी क्यामेरा जडान गर्ने भएको छ। विश्वविद्यालयले आगामी चैत २० भित्र अनिवार्यरूपमा सीसी क्यामेरा जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको हो।

सिएको अवसर र उच्च अध्ययनमा त्रिवि तगारो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधिलाई दिँदै आएको समकक्षता रोक्दा सयौं सिए उच्च शिक्षा अध्ययन लगायत विभिन्न अवसरबाट वञ्चित भएका छन्। त्रिविको कदमबाट समकक्षता पाउने समयमा कलेज भर्ना भई स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिसमेत प्रमाणपत्र र ट्रान्सकृप्टबाट वञ्चित छन्।

त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो

कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ।

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द !

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

त्रिविका प्राध्यापकले घेरे पदाधिकारी

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आफूहरूले विश्वविद्यालयमा लामो समयदेखि सेवा दिइरहेको र भविष्यको सुनिशिचतताका लागि कारार नियुक्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर उपकुलपतिलाई कार्यालय प्रवेश निषेध गरी घेराऊ गरेको बताएका छन्।

त्रिविको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थीमात्र सहभागि हुने

त्रिभुवन विश्वविद्यालयले पुस ६ गतेलाई तय गरेको ४६ औं दीक्षान्त समारोहमा यस पटक कोभिड –१९ उच्च जोखिमका कारण ८३ ले मात्र सहभागिता जनाउने निश्चित बनेको छ।

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ। त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ

प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्