७ वैशाख २०८१ शुक्रबार
शिक्षा

त्रिविको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थीमात्र सहभागि हुने

त्रिभुवन विश्वविद्यालयले पुस ६ गतेलाई तय गरेको ४६ औं दीक्षान्त समारोहमा यस पटक कोभिड –१९ उच्च जोखिमका कारण ८३ ले मात्र सहभागिता जनाउने निश्चित बनेको छ। जबकी परीक्षा नियन्त्रण कार्यालयका अनुसार कार्यालयले एमफिल, विद्यावारिधि र गोल्डमेडलिस्ट उपाधि हासिल गरेका कुल ३ सय ३८ विद्यार्थीको दीक्षान्त गराउने निश्चित गरे पनि ति सबैले फारम नै भरेनन्।

असार १५ गते बसेको त्रिविको ६१ औं सभाले पास गरेको सबै शंकायको ग्रेसलिस्ट अनुसार ०७६ असार १ गतेदेखि ०७७ जेठ मसान्तसम्म परीक्षाहरु पास भई ट्रान्सकिप हासिल गरेका कुल ५६ हजार ७ सय १३ विद्यार्थीहरु दीक्षीत हुने योग्य उमेदवार हुन्। जसमध्ये ७ हजार ८७ ले मात्र दीक्षान्त समारोहकोलागि सहभागिता फारम भरेका थिए। ७ हजारलाई एकै पटक उपस्थित गराउन नमिल्ने भएको ले गोल्डमेडलिस्ट र एमफिल तथा विद्यावारिधि उपाधि हासिललाई मात्रै उपस्थित गराई दीक्षीत गरिने छ। 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस पटक सरकारले पनि बढीमा २ सयको उपस्थितमा मात्र कार्यक्रम गर्न सक्ने निर्देशन दिएकोले पनिकाले कम्तीमा २ सयलाई दीक्षीत गर्ने तय गरेको थियो। नियन्त्रक जोशीका अनुसार उपत्यकामा कोभिडको बढ्दो जोखिमका कारण बढी भिडभाड गर्न नदिने उदेश्यलेनै त्रिवि कार्यकारी परिषदलेनै यस वर्ष एमफिल, विद्यावारिधि र गोल्ड मेडल प्राप्तलाई मात्र उपपिस्थत गराएर उपाधिको प्रमाणपत्र दिने तय गरेको हो।

एमफिल र विद्याथारिधि उपाधि हासिल गरेका कुल ३ सय १७ जना छन् भने पदक प्राप्त गर्नेहरुको सँख्या २१ रहेको उनले जनाए। ‘तर एमफिल र विद्यावारिधि तर्फका ६६ र स्वर्ण पदक प्राप्त गर्नेहरु मध्ये १७ गरी कुल ८३ विद्यार्थीले मात्र दीक्षान्त समारोहको लागि फारम भरी दीक्षान्त उपस्थित हुने निश्चित गरेका छन्,’नियन्त्रक जोशीले नागरिकसँग भने ‘पनिकाको बल्खु कार्यालयमा दीक्षान्त समारोहको आयोजना हुने त्रिविले तय गरेको छ।’ उनले थपे‘ कोभिड जोखिमकै कारण कुनै पनि अभिभावकहरुलाई यस वर्ष बोलाउन सकेनौं। उहाँहरुको उपस्थितको शूल्क बैंक खातामै त्रिविले फिर्ता गर्ने निर्णय गरिसकेको छ।’ यस पटक कोभिडबीच पनि प्रति ब्यक्ति तीन सयका दरले ५ हजार अभिभावकहरु उपस्थित हुनकालागि फारम भरेको थिए। उपस्थित हुने सबै उमेदवारहरुले अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग र दूरी कायम गर्नु पर्ने छ।

अन्य योग्य उमेदवारहरुले पुस ७ गतेदेखिनै स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर बल्खु परीक्षा नियन्त्रण कार्यालयमै आएर प्रमाणपत्र लिन सक्ने त्रिविले जनाएको छ। दूरी कायम गरी विद्यार्थीहरुले गाउन र टोपी लगाएर फोटो खिच्न सक्ने ब्यवस्था समेत पनिकाले गरेको उनले जनाए। यसमा पनि विद्यार्थीको शंकाय र तह अनुसार पनिकासँग को सम्पर्कमा आलोपालो बोलाउने तय गरिएको छ। ‘यस पटक अन्तराष्ट्रिय हवाई उडान अझै खोलिनसकेको अवस्थाका कारण विदेशी पाहुना अर्थात विशेष अतिथि बोलाइएको छैन,’नियन्त्रक जोशी भन्छन्‘ नेपालका पनि सबै विशिष्ट ब्यक्तिहरुको विगतमा उपस्थित भइसकेकोले यस पटक पूर्व र नेपालका प्रथम राष्ट्रपति रामवरण यादब ज्यूको प्रमुख अतिथ्य र कुलपति एवं प्रधानमन्त्री केपी ओली ज्यूको अध्यक्षतामा दीक्षान्त समारोह सम्पन्न हुने तय भएको छ।’गत वर्ष पुलचोकमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानको चौरमा सम्पन्न गरिएको ४५ औं दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावक तथा अतिथिहरु गरी कुल २२ हजारको प्रत्यक्ष उपस्थितमा दीक्षान्त समारोह सम्पन्न गरिएको थियो।

 

प्रकाशित: २९ मंसिर २०७७ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App