४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।

राष्ट्रिय सभामा एमालेको आठ सिट गुम्न सक्ने

एमालेबाट आठ, माओवादी केन्द्र र नेकपा (एस) पार्टीबाट चार/चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसदको आगामी फागुन २१ गतेसम्म पद रहने छ । खाली हुने २० सांसदमध्ये १९ सांसदका लागि मात्रै मतदान हुने छ भने एक सांसद मनोनित भएकाले सो रिक्त ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ । गठबन्धनका कारण एमालेलाई पहिलेका ८ वटा सिट नै जोगाउन चुनौती देखिन्छ।

कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो।कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायकः पहिलो चरणमै जित्ने देउवा रणनीति, अन्यको दाउ दोस्रो चरणमा

सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।

कांग्रेस कपिलवस्तु निर्वाचनमा ४ हस्तीहरु पराजित

राष्ट्रिय सभाका सदस्य पाण्डेय, समन्वय समितका प्रमुख खनाल र मेयर सिंह खुलातर्फ उम्मेदवार बनेका थिए।

संसद् बैठक: दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्।

राष्ट्रिय सभामा आज राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने

बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

अनुगमन तथा मुल्यांकन विधेयक पारित

राष्ट्रिय सभा अन्तर्गत को विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु कारागारको निरीक्षण

म्बिनी अवलोकन गर्न आएका बेला अध्यक्ष तिमिल्सिनाले आफूले साढे ३ दशकअघि डेढ वर्ष जेल जीवन बिताएको कारागारमा आएका हुन्।

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्नः शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो?

'भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ', उनले भनिन्, '४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन्। उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ।'

कक्षा १२ को मात्र परीक्षा रोक्नु उचित होइन: सांसद पौड्याल

राष्ट्रिय सभा सदस्य उदया शर्मा पौड्यालले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको बताएकी छन्।

एमालेको सरकारले दुई तिहाइ जनमतको कदर गर्न सकेनः खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाएका छन्।

'केपी ओली भ्रष्टाचारका महानायक हुन्'

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन्। उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए।

'ओली फोबिया'का कारण सरकार विस्तार हुन सकेन: खिमलाल भट्टराई

‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ। तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ,' उनले भने, 'सदनमा आउँदा पनि उहाँकै चर्चा हुन्छ। सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ। आज सरकार बनिराखेको छैन। मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ।’

वर्तमान सरकारले मुलुक चलाउन सक्दैन: कोमल वली

उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताईन्। शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्