८ वैशाख २०८१ शनिबार
राजनीति

कक्षा १२ को मात्र परीक्षा रोक्नु उचित होइन: सांसद पौड्याल

राष्ट्रिय सभा सदस्य उदया शर्मा पौड्यालले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको बताएकी छन्। उनले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताएकी हुन्। बिस्तृत अध्ययन बिना हठातमा परीक्षा स्थगन गर्नु नहुने उनको तर्क थियो।

'पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। जेठ महिनामै हुनुपर्ने परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो', उनले भनिन्, 'साउन ३१ गतेदेखि सञ्चालन गर्ने तयारीमा कक्षा १२ का करिव ४ लाख विद्यार्थी रहेका थिए। एकाएक परीक्षा स्थगित हुँदा विद्यार्थी अन्योलमा परेका छन्।'  

यसैगरि उनले अगाडि भनिन्, 'अन्तिममा निर्णयक तहमा बसेका व्यक्तिहरु सीसीएमसी लगायत कुनैपनि बिस्तृत अध्ययन बिना हठात परीक्षा स्थगन गर्नु उचित होइन।' 

'यस्तो निर्णयले लाखौँ विद्यार्थीको मनोविज्ञानमा के असर पर्छ?', भन्दै प्रश्न गरिन्, 'साथै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ कि पर्दैन?'

'कक्षा १२ को मात्र परीक्षा रोक्नु उचित होइन, त्यसैले खोपको व्यवस्था गरी यथाशीघ्र परीक्षा लिइयोस्,' उनले भनिन्।

प्रकाशित: २८ श्रावण २०७८ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App