५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

अनुगमन तथा मुल्यांकन विधेयक पारित

राष्ट्रिय सभा अन्तर्गत को विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ।  समितिको बुधबार बसेको बैठकले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको हो। समिति सभापति परशु राम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिए। सभापति गुरुङले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भुमिका खेल्ने बताए। 

उनले विधेयकले अनुगमन तथा मुल्यांकन गर्ने निकायहरु तोक्ने र अनुगमन तथा मुल्यांकनको आधार र मापदण्डहरु तोक्ने काम गरेको पनि उल्लेख गरे। अनुगमन तथा मुल्यांकन गर्ने निकायले सही ढंगले अनुगमन तथा मुल्यांकन नगरेको खण्डमा सो निकायपनि कारबाहीको दायरामा आउनसक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको उनले बताए। 

यसले काम गराउने व्यक्ति तथा निकायहरुलाई पनि जिम्मेवार बनाई गलत गरेको खण्डमा विभागिय कारबाही र भ्रष्टाचारको कारबाहीको लागि सिफारिस गर्नसक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए। उनले आगामी दिनमा विकास निर्माणका आयोजनाहरु अलपत्र हुने, अनियमितता हुने कुराबाट जोगाउने आशयसहितको व्यवस्था विधेयकमा भएको पनि उल्लेख गरे।

प्रकाशित: १६ भाद्र २०७८ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App