५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको सरकारले दुई तिहाइ जनमतको कदर गर्न सकेनः खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले तत्कालीन नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै दुई तिहाइ जनमतको कदर गर्न नसकेको एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाएका हुन्।  

'नेकपाको सरकारले दुई तिहाइ जनमतको कदर गर्न नसकेको, पार्टीका वरिष्ठ तथा पुराना नेताअहरुको मान मर्दन गरेको आरोप लगाउँदै उनले भने, 'दलाल र नोकरशाहीहरुको पृष्ठपोषण गरेको, रअका प्रमुखलाई सिधै बालुवाटार छिराएको छ।'

यसैगरि, उनले नेपाली भूमी दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले निर्माण गरिरहँदा पनि केही नबोलेको बारेमा जनतालाई उत्तर दिनुपर्ने बताए। उनले भने, 'नेपाली भूमी दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले सनर्माण गरिरहँदा पनि केही नबोलेको दुई दुई पटक प्रतिनिधि सभाको घाँटी रेटेको, लोकतन्त्र र कानूनी राज्यको उपहास गरेको लगायतका दर्जनौँ आरोपहरुको जनतालाई जवाफ दिनुपर्छ।'

प्रकाशित: २८ श्रावण २०७८ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App