१० आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रहरी समायोजनमा आलटाल: संघ–प्रदेश सरकार द्वन्द्वोन्मुख

मधेस सरकारले दिएको पछिल्लो ‘अल्टिमेटम’ अनुसार अब तीनदिन मात्रै बाँकी छ। तर संघीय सरकारले प्रहरी समायोजन गर्ने छाँटकाँट देखिएको छैन।

चुनाव जित्न सबै विकल्प खुला, भदौमा तीनै तहको बैठक

‘गठबन्धनबारे खासै छलफल भएन तर आवश्यकताअनुसार कतैकतै गठबन्धन हुन पनि सक्ने कुरा आएको छ तर कोसँग भन्ने स्पष्ट भएको छैन। सहकार्य गर्न चाहनेका लागि एमालेले ढोका खुला राखेको छ,’ सचिवालय बैठकका एक सहभागीले भने। पार्टी अध्यक्ष ओलीले देशभर एमालेविरुद्ध गठबन्धन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए। उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी संख्या एकीन गरिने बताए।

काभ्रेमा आगामी मंसिर ४ गतेको निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन

जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मंसिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ।

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

आगामी निर्वाचनमा घरदैलो मतदाता शिक्षा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नगरपालिका र गाँउपालिकामा घरदैलो मतदाता शिक्षा कार्यक्रम गर्ने जनाएको छ।

समावेशी नजरमा जिसस नेतृत्व

गर्न चाह्यो र वातावरण अनुकूल भयो भने जिससले गर्न सक्ने धेरै काम छन्। यस्तो थलोमा समावेशी÷समानुपातिक नेतृत्व हुनु उपयुक्त हुन्थ्यो तर संविधानप्रदत यस्तो प्रतिबद्धता यहाँ पनि अनुत्तीर्ण भयो।

निर्वाचन आयोगमा दुई दिनमा १३ दल दर्ता

आयोगले दल दर्ताका लागि साउनको ३१ गतेसम्मको समय दिएको छ। निर्वाचन आयोगले दोसो दिन मंगलबारसम्म १३ वटा दल दर्ता भएको जनाएको छ।

चुनावमा गठबन्धन गर्ने निर्णय अराजनीतिकः शंकर पोखरेल

‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ। तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो।'

‘प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनुपर्छ’

सांसद लक्ष्मीकुमारी चौधरीले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्दै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन ध्यानाकर्षण गराईन्।

निर्वाचन कार्यतालिका स्वीकृत,मङ्सिर १ गतेदेखि प्रचारप्रसारमा रोक

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।

निर्वाचनका लागि आइतबार पाँच दल दर्ता

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ताका प्रक्रिया सुरु गरेको छ।

निर्वाचन २०७४ः ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशतसम्म मत बदर

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी बदर मत प्रदेशसभा (१)को समानुपातिकतर्फ भएको पाइएको छ। त्यसबेला २२ हजार ८ सय ७२ मत खसेकोमा ३ हजार ६ सय ३ मत बदर भई १९ हजार १ सय ७९ मत सदर भएको थियो।

आयोगले आजदेखि राजनीतिक दल दर्ता सुरु गर्ने

निर्वाचन आयोगले आजबाट राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ। आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्