coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन २०७४ः ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशतसम्म मत बदर

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशतसम्म र प्रत्यक्षतर्फ साढे ५ प्रतिशत सम्म मत बदर भएको पाइएको छ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी बदर मत प्रदेशसभा(१)को समानुपातिकतर्फ भएको पाइएको छ। त्यसबेला २२ हजार ८ सय ७२ मत खसेकोमा ३ हजार ६ सय ३ मत बदर भई १९ हजार १ सय ७९ मत सदर भएको थियो। यहाँ बदर मत प्रतिशत झण्डै १६ प्रतिशत अर्थात् १५.७६ प्रतिशत देखिएको छ। कूल मतदाता संख्या भने ३४ हजार ८ सय ६१ रहेको थियो। यस्तै समानुपातितर्फ प्रदेश १(क)मा १२.१९ प्रतिशत बदर भएको थियो। जिल्ला निर्वाचन कार्यालयका अनुसार २८ हजार ९ सय ६६ मत खसेकोमा ३ हजार ५ सय २१ मत बदर भई २५ हजार ४ सय ४५ मत सदर भएको थियो। कूल मतदाता संख्या भने ४३ हजार ५ सय ३६ रहेको थियो। उता प्रतिनिधिसभाको समानुपातिकतर्फ ९ प्रतिशत बढी मत बदर भएको छ।  

प्रतिनिधिसभाको समानुपातिकतर्फ ५१ हजार ७ सय ४८ मत खसेकोमा ४ हजार ६ सय ९२ मत बदर भई ४७ हजार ५६ मत बदर भएको थियो। कूल मतदाता संख्या भने ७८ हजार ३ सय ९७ रहेको थियो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भने ४.५७ प्रतिशत बदर भएको थियो। ७८ हजार ३ सय ९७ मतदातामध्ये ५१ हजार ६ सय ७८ मत खसेकोमा २ हजार ३ सय ३३ बदर भई ४९ हजार ३ सय ४५ मत सदर भएका थियो।  

यस्तै प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ २८ हजार ९ सय ४७ मत खसेकोमा १ हजार ८३ मत बदर भई २७ हजार ८ सय ८३ मत सदर भएको थियो। बदर मत प्रतिशत ३.७४ रहेको जिल्ला निर्वाचन कार्यालयको अभिलेखबाट देखिएको छ।  कूल मतदाता संख्या भने ४३ हजार ५ सय ३६ रहेको थियो। यस्तै प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ २२ हजार ६ सय ९४ मत खसेकोमा ५.३० प्रतिशत मत बदर भएको थियो। ३४ हजार ८ सय ६१ कूल मतदाता संख्यामध्ये २२ हजार ६ सय ९४ मत खसेकोमा १ हजार २ सय ३ मत बदर भई २१ हजार ४ सय ९१ मत सदर भएको थियो।

प्रकाशित: २२ श्रावण २०७९ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App