१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगमा दुई दिनमा १३ दल दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा मंगलबार साँझ ५ बजेसम्म १३ वटा दल दर्ता भएका छन्। 

निर्वाचन आयोगले सोमबार दल दर्ताका लागि आव्हान गरेको थियो। आयोगले दल दर्ताका लागि साउनको ३१ गतेसम्मको समय दिएको छ। निर्वाचन आयोगले दोसो दिन मंगलबारसम्म १३ वटा दल दर्ता भएको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडयालका अनुसार आजसम्म जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, प्रगतीशिल पार्टी, राष्ट्रिय विकाश पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी , नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमाले, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी दर्ता भएका छन्।

प्रकाशित: २४ श्रावण २०७९ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App