४ पुस २०८१ बिहीबार
image/svg+xml

दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ मा ट्राफिक सप्ताह सुरु

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो।

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ।

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ। नोभेम्बरको सुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो।

शनिबारदेखि जेसीज सप्ताह

शनिबारदेखि विविध कार्यक्रम गरेर जेसीज सप्ताह बनाउन लागिएको महासचिव सीता भण्डारीले जानकारी दिइन्।

उदयपुरको लिमचुङबुङमा खेलकुद सप्ताह

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा साताव्यापी खेलकुद प्रतियोगिता ०७८ सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा गाउँ खेलकुद विकास समितिले गत ११ गतेदेखि सुरु गरेको खेलकुद प्रतियोगिता बुधबार सकिएको हो ।

गोसाइँकुण्डमा शिवको मूर्ति निर्माण गर्नका लागि 'माग्ने अभियान' सुरु गर्छौंः मन्त्री फुयाल

रसुवाको गोसाइँकुण्डमा २७ फिट अग्लो शिवको मूर्ति निर्माण हुने भएको छ। २६ औं वन्यजन्तु सप्ताह–२०७८ को समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले माग्ने अभियान सञ्चालन गरेर मूर्ति निर्माण गर्न लागिएको बताएका हुन्।

स्तनपान कसरी गराउने ?

स्तनपान सप्ताह मनाउने क्रममा यसै शीर्षकमा प्रकाशित लेखमा स्तनपानका सामाजिक, सांस्कृतिक, संस्थागत बस्तुस्थितिको बारेमा केही चर्चा गरेको थियौं । उक्त लेखले उठान गरेको स्तनपान प्रबद्र्धनमा कलापक्षका बारेमा थप जानकारी यस लेख मार्फत उजागर गर्ने जमर्को गरेका छौ । स्तनपान पोषण मात्र होईन आमाको नांङ्गो छातीमा टाँसिएर बच्चाले न्यानो मायासंगै मानसिक, भावनात्मक र सुरक्षाको दह्रो प्रत्याभूति पाईरहेको हुन्छ ।

‘स्तनपानले आमा र बच्चाबीच आत्मीयता बढाउँछ'

अहिले धेरै आमाहरु कामको व्यस्तताका कारण स्तनपान नगराइ बच्चालाई बोतलबाट बाहिरी दूध खुवाउने प्रचलन प्रशस्त मात्रामा भइरहेको देखिन्छ। अभिभावकहरु बच्चालाई आमाको दूध भन्दा बजारमा पाइने दूध खुवाउनु नै सहज ठान्दछन्।

सहिद सप्ताहमा सहिद श्रेष्ठ र चन्दको शालिक अनावरण

सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ। शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन्।

आजदेखि सहिद सप्ताह सुरु

आजबाट सहिद सप्ताह सुरु भएको छ। मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ।

कर सप्ताह मनाइयो

खोटाङमा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाइएको छ। हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते दिक्तेलमा प्रभातफेरी गर्दै सुरु गरिएको आठौं कर दिवस गत शुक्रबार समापन गरिएको हो।

कर सप्ताह सुरु

खोटाङमा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउन सुरु गरिएको छ। आइतबार प्रभातफेरी गर्दै सुरु गरिएको आठौं कर दिवस विभिन्न कार्यक्रम गर्दै आगामी मंसिर ७ गतेसम्म मनाइने करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए।

स्तनपान गराउन नेहाको आग्रह

अन्तर्राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा अभिनेत्री नेहा धुपियाले ‘फ्रिडम टु फिड’ नामक अभियानको सुरुवात गरेकी छिन्। उनको औपचारिक इन्स्टाग्रामले छोरी मेहरसँगको भिडियो पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘ह्यासट्याग फ्रिडम टु फिड – नेहा धुपियाको पहलमा। संवाद सुरू गरौं..आमा भएर हामी चाहान्छौं फ्रिडम टु फिड।’

नाट्य सप्ताहमा विविध नाटक

विद्यालयमा अध्ययनरत बालबालिकाको अभिनय कलामा निखारता ल्याउन काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले प्रत्येक वर्ष आयोजना गर्ने गरेको नाट्य महोत्सवको नयाँ संस्करण ‘नाट्य सप्ताह– २०७६’ सम्पन्न भएको छ।

२४ औँ वन्यजन्तु सप्ताह तथा १० औँ रेडपाण्डा ट्रफी सञ्चालन हुने

पर्यटकीयस्थलहरूको प्रवर्धन र विकास गरी जिल्लाबासीको जीवनस्तरमा सुधार ल्याउनका लागी हरेक वर्ष यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। मिनि–रसुवा महोत्सवको रूपमा हेरिने यो कार्यक्रम वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्