२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन्।

यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन्।

घरमा आगो लाग्दा परिवारै विस्थापित

तातोपानी गाउँपालिका ४ मा आगलागीवाट एक घर जलेर नष्ट भएको छ। मंगलवार साझ लागेको आगो वुधवार विहान सम्म लाग्यो। चारैतिरवाट आगो लागेपछि स्थानीय  र प्रहरीले  नियन्त्रणमा लिन खोज्दा पनि आगो नियन्त्रणमा आउन सकेन। स्थानीय पुर्णप्रसाद न्यौपानेका अनुसार आगो कसरी, कसले, किन लगाएको भन्ने बारेमा खुलेको छैन।

सुकुम्बासी बस्तीमा सेनाको हेडक्वाटर,पीडित परिवार विस्थापित

वर्षौदेखि भोगचलन गर्दै आएको खेतियोग्य ६१ विगाहा एलानी जग्गा नेपाल सरकारले प्रदेश नं. २ स्तरिय नेपाली सेनाको मध्य पूर्वी हेडक्वाटर निर्माणका लागि हस्तान्तरण गरि दिएपछि बर्दिवास नगरपालिका क्षेत्रभित्र छरिएर वसोवास गर्दै आएका सयौं सुकुम्वासी परिवारको विचल्ली भएको छ।

विस्थापित परिवारलाई जग्गा र लालपुर्जा

विनाशकारी भूकम्पका कारण थातथलो छाडेर विस्थापित भएका परिवारलाई जग्गा र लालपुर्जा वितरण गरिएको छ । उत्तरी धादिङको खनियाबास, रुबिभ्याली गाउँपालिकाका भूकम्प प्रभावित २४ घर परिवारलाई जग्गा वितरण गरिएको हो।

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

कञ्चनपुरका आरक्ष विस्थापितको शिबिरमा जंगली हात्तीको बथानले आतकं मच्चाएको छ । जंगली हात्तीको बथानले ढक्का र तारापुर शिबिरमा बस्दै आएका आरक्ष विस्थापितको टहरा भत्काईदिएको हो।

हल्देकालिका सर्दैछन् लच्याङका विस्थापित

भूकम्पले जमिन चिरा परेर विस्तापित लच्याङका पीडित अहिले हल्देकालिकामा घर बनाउन जुटेका छन् । लच्याङका विस्थापितलाई हल्देकालिकामा सार्ने सरकारी निर्णयसँगै उनीहरु नयाँ ठाउँमा घर बनाउन जुटेका हुन् । ‘जमिन जताततै चिरा परेको छ, बस्तीमाथि अहिले नै खस्छ झैं लाग्ने ठूलो पहरो छ’, सूर्यगढी गाउँपालिका १ लच्याङका सुपलाल तामाङले भने, ‘सरकारले जग्गा किनिदिएकै ठाउँमा घर बनाउने तयारी गर्दैछु।’

सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा जारी प्रतिवेदनमा जनाइएको छ ।

१० घर ध्वस्त, पाँच परिवार विस्थापित

चुलाचुली गाउँपालिका–५ का ललितकेन्द्र राईले सामान्य खेतीकिसानी गरेर परिवार पाल्दै आएका थिए । सानो घरमा परिवारसहित गुजारा गरिरहेका राईलाई अहिले हात्तीले उठिबास लाइदिएको छ । दुई दिनअघि आएका हात्तीको हुलले उनको टिनले छाएको घर पूरै भत्काइदिएपछि राई परिवार छिमेकीकहाँ शरण लिन बाध्य भएको छ।

विस्थापित बालबालिका पढाइबाट वञ्चित

भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन्।

अफगानिस्तानमा ४ लाख ४५ हजार नागरिक विस्थापित

अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।

मतदान गर्न भूकम्प विस्थापित गाउँ फर्के

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न भूकम्पका कारण विस्थापित गाउँ फर्किएका छन्।

आसै आसमा बित्यो विस्थापितको २९ महिना

हाकुका लाक्पा तामाङले गाउँ छाडेको २९ महिना भयो। उनी अहिले उत्तरगया गाउँपालिकास्थित बोगटीटारमा बसिरहेका छन्।  उनी त्यहाँ कुनै काम विशेष बसेका भने होइनन् । भूकम्पले गाउँमा सुख्खा पहिरो खसेपछि बस्ने ठाउँ नै नपाएपछि ठाउँ खोज्दै जाँदा तामाङ त्यहाँ पुगेका हुन् । गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति तामाङ असन्तुष्ट छन्।

विस्थापितको दसैँ

साँघुरो बस्ती । थोरै जमिनमा लहरै धेरै टहरा । हरेक घरमा परिवार धेरै । सबैको बासथलो सानो र साघँुरो । सबै अस्थायी जस्तापाताले छाइएको र घेरिएको टहरो । आजकल त दिनहुँ चर्कने घामको ताप सहनै नसकिने । उकुसमुकुस । कष्टकर जीविका । बस्तीमा उज्यालो छैन

पहिरोले खोटाङका दुई परिवार विस्थापित

वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्